शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

किसान, बाढीपीडित, सुकुम्बासी र नागरिकताका समस्या तत्काल समाधान हुनुपर्छ : नेता कँडेल

किसान, बाढीपीडित, सुकुम्बासी र नागरिकताका समस्या तत्काल समाधान हुनुपर्छ : नेता कँडेल

  • मिडिया डबली
  • शनिवार, आश्विन २३ २०७८

  • 4.0K
    SHARES

  • किसान, बाढीपीडित, सुकुम्बासी र नागरिकताका समस्या तत्काल समाधान हुनुपर्छ : नेता कँडेल

    काठमाडौं – नेपाली कांग्रेसका नेता, पूर्व गृह राज्यमन्त्री तथा सांसद देवेन्द्रराज कँडेलले किसान, बाढीपीडित, सुकुम्बासी र नागरिकता समस्या तत्काल समाधान गर्नुपर्ने आग्रह गरेका छन् ।

    पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिकास्थित प्रशासनिक भवनको उद्घाटन समारोहमा बोल्दै नेता कँडेलले नेपाली कांग्रेसका पार्टी अध्यक्ष तथा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को विशेष पहलमा सरकारले पूर्णता पाएकाले सरकारले नवलपरासीका किसानको समस्या, बाढीपीडित, सुकुम्बासी र नागरिकता समस्या तत्काल समाधान गर्न अनुरोध गरेका छन् ।

    नवलपरासीमा तमाम जनता नागरिकताविहीन रहेका र किसानले मल, बिउ समयमा नपाउनु, उखुखेतीको रकम समयमा भुक्तानी नहुनु यी तमाम समस्या समाधान गर्न तथा नेपालमा केरा उत्पादन पर्याप्त मात्रामा भए पनि भारतीय केरा नेपालमा भित्रिने गरेकाले नेपालको केराले मूल्य नपाएकाले भारतीय केरा पैठारी रोक्न अनुरोध समेत गरे ।

    बाढीले गर्दा प्रत्येक वर्ष स्थानीय जनताले समस्या झेलिरहेकाले समस्याको दीर्घकालीन समाधान र सुकुम्बासी समस्या समाधान गरी स्थानीयलाई सरकारले तत्काल लालपूर्जा दिनुपर्ने कुरामा जोड दिए ।

    पार्टी समीकरण केन्द्रमा मात्र नभएर जिल्ला र स्थानीय तहदेखि गाउँगाउँसम्म पार्टी एकताको वातावरण सिर्जना गराउन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ध्यानाकर्षण गराएका छन् ।

    पाल्हिनन्दन गाउँपालिकाको नामको अर्थ बुझेर काम गर्न जनप्रतिनिधिलाई अनुरोध गर्दै सांसद कँडेलले सुविधासम्पन्न गाउँपालिकाको प्रशासनिक भवन उद्घाटन भएकोमा जनप्रतिनिधि एवं सम्पूर्ण मतदातालाई पूर्ण लाभ उठाउन भन्दै शुभकामना व्यक्त गरे ।

    पालिकाको भवन उदाहरणीय बनाउन सबै राजनीतिक दलका प्रतिनिधि, पालिकावासी र जनप्रतिनिधिको विशेष सहयोग रहेकाले सबै धन्यवादका पात्र रहेका उनले बताए । नवलपरासीको महेशपुर भन्सार कार्यालय स्तरोन्नति गरी ४ लेन बाटो निर्माणका लागि बजेट छुट्याउन आफूले पहल गरिरहेको बताउँदै उनले समग्र नवलपरासीको विकासमा आफू लागिपरेको कुरामा जोड दिए ।

    प्रमुख अतिथि रहेका प्रचण्डले छिट्टै नागरिकता सम्बन्धी समस्या समाधान, भूमि आयोग लगायत समस्या समाधानमा आफ्नो पहल रहेको बताए । गठबन्धनलाई केन्द्रमा मात्र नभई तल्लो तहसम्म पुर्‍याउने बताउँदै छिट्टै १ र ३ नम्बर प्रदेशको सरकार पनि गठबन्धनको हुने जानकारी गराए ।

    नवलपरासीको पाल्हिनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता ‘दिपक’को अध्यक्षता, पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यता, लुम्बिनी प्रदेशका मुख्यमन्त्री कूलप्रसाद केसीको विशिष्ट आतिथ्यता तथा सांसद, प्रदेशसभा सदस्य, नगर र पालिका प्रमुख, पार्टीका प्रमुख तथा स्थानीयवासीको उपस्थितिमा पाल्हिनन्दन गाउँपालिकाको प्रशासनिक भवन उद्घाटन भएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend