आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

कांग्रेसबाट खोसियो स्वास्थ्य मन्त्रालय, सत्तारुढ गठबन्धनमा यस्तो सहमति

कांग्रेसबाट खोसियो स्वास्थ्य मन्त्रालय, सत्तारुढ गठबन्धनमा यस्तो सहमति

  • मिडिया डबली
  • बिहिवार, आश्विन २१ २०७८

  • 6.0K
    SHARES

  • कांग्रेसबाट खोसियो स्वास्थ्य मन्त्रालय, सत्तारुढ गठबन्धनमा यस्तो सहमति

    काठमाडौं – सत्तारुढ गठबन्धनमा आवद्ध दलबीच मन्त्रालय भागबण्डाको सहमतिमा हेरफेर गर्ने निर्णय भएको छ ।

    प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा प्रभावशाली मन्त्रालय नपाएकोमा असन्तुष्ट नेकपा एकीकृत समाजवादी (एस) लाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय दिइने भएको छ ।

    यसअघि स्वास्थ्य मन्त्रालय कांग्रेसले आफूसँग राखेको थियो । अब कांग्रेसबाट स्वास्थ्य मन्त्रालय खोसेर एसलाई दिने र एसको भागमा परेको कानून मन्त्रालय कांग्रेसले लिने सहमति भएको छ ।

    नेकपा एकीकृत समाजवादीले स्वास्थ्य तथा जनसंख्या, श्रम तथा रोजगार, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन र शहरी विकास मन्त्रालय लिने सहमति भएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताएका छन् ।

    बिहीबार बालुवाटारमा भएको गठबन्धनको बैठकमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रभावशाली मन्त्रालय नपाएकोमा असन्तुष्टि व्यक्त गरेका थिए । त्यसपछि एसलाई स्वास्थ्य मन्त्रालय दिने सहमति भएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend