काठमाडौं – नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा भएको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले निहुँ खोजेको आरोप लागेको छ ।
छलफल चलिरहेका बेला सभापति देउवासँग निहुँ खोजेर पौडेल पक्षले पदाधिकारी बैठक बहिष्कार गरेको छ ।
सरकारमा पठाउने नयाँ मन्त्रीबारे टुंगो लगाउन बसेको बैठकमा आफ्नो पक्षबाट ३ मन्त्री नियुक्त गर्नुपर्ने जिद्दी गर्दै पौडेलले बैठकमै निहुँ खोजेर हिँडेका स्रोतले जानकारी दिएको छ । पौडेलसँगै महामन्त्री शशांक कोइराला र नेता प्रकाशमान सिंहले बैठक बहिष्कार गरेका हुन् ।
गुटका आधारमा नेता पौडेलले तीन मन्त्री दिनुपर्ने बार्गेनिङ गर्दा देउवाले दुई मन्त्री मात्रै दिन सकिने जवाफ दिएपछि पौडेल पक्ष बैठकबाट बाहिरिएको थियो ।
प्रधानमन्त्री देउवाले पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला पक्षलाई एक मन्त्रालय दिने भएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।