आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

नयाँ मन्त्री नियुक्तिअघि प्रधानमन्त्री देउवालाई एक्लै भेट्न बालुवाटार पुगे प्रकाशमान सिंह

नयाँ मन्त्री नियुक्तिअघि प्रधानमन्त्री देउवालाई एक्लै भेट्न बालुवाटार पुगे प्रकाशमान सिंह

  • मिडिया डबली
  • बुधवार, आश्विन २० २०७८

  • 7.6K
    SHARES

  • नयाँ मन्त्री नियुक्तिअघि प्रधानमन्त्री देउवालाई एक्लै भेट्न बालुवाटार पुगे प्रकाशमान सिंह

    काठमाडौं – नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई एक्लै भेट्न पूर्व महामन्त्री प्रकाशमान सिंह बालुवाटार पुगेका छन् ।

    प्रधानमन्त्री देउवा र सिंहबीच बालुवाटारमा छलफल भइरहेको छ ।

    लामो समयदेखि हुन नसकेको मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा छलफल गर्न सिंहलाई देउवाले बोलाएको स्रोतले जनाएको छ । सभापति देउवाले आफ्नो पक्षबाट मन्त्री बनाइसकेका छन् ।

    कांग्रेसमा अर्को पक्षलाई देउवाले ३ मन्त्रालय छुट्याएका छन् । कांग्रेसको भागमा अब स्वास्थ्य तथा जनसंख्या, सञ्चार तथा सूचना प्रविधि, महिला, बालबालिका र ज्येष्ठ नागरिक तथा सामाजिक सुरक्षा मन्त्रालय परेका छन् । 

    संस्थापनइतर पक्षबाट डा. मिनेन्द्र रिजाल, सुजाता कोइराला, दिलेन्द्र बडू, तेजुलाल चौधरी लगायतको नाम चर्चामा रहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend