काठमाडौं - नेपाली कांग्रेसको प्रतिनिधिमण्डल बिहीबार भारत भ्रमणमा जाने भएको छ ।
कांग्रेस सहमहामन्त्री तथा पूर्वपरराष्ट्रमन्त्री डा.प्रकाशशरण महतको नेतृत्वमा तीन सदस्यीय प्रतिनिधिमण्डल नयाँ दिल्ली जान लागेको हो ।
प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्ना विश्वासपात्र नेता महतलाई दूत बनाएर भारत पठाउन लागेका हुन् ।
प्रतिनिधिमण्डलमा पूर्व अर्थराज्यमन्त्रीद्वय उदयशमशेर जबरा र अजय चौरसिया छन् । भारतीय जनता पार्टी र सरकारसँग सम्बन्ध सुधारका लागि प्रधानमन्त्री देउवाले आफू निकट तीन नेतालाई नयाँ दिल्ली पठाएका हुन् ।
कांग्रेस नेता महतले भाजपाका वैदेशिक मामिला विभागका प्रमुख विजय चौथाइवालेको निमन्त्रणामा भारत जान लागेको जानकारी दिए ।
कांग्रेसको प्रतिनिधिमण्डलले भाजपा अध्यक्ष जेपी नड्डा, राष्ट्रिय महासचिव अरुण सिंह र वैदेशिक मामिला विभागका प्रमुख चौथाइवाले र भारतीय विदेशमन्त्री एस जयशंकरलाई भेट्ने कार्यक्रम छ ।
केही समयअघि चौथाइवाले कांग्रेस सहमहामन्त्री महतको निमन्त्रणामा नेपाल आएका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।