आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

भारत जाँदै कांग्रेस सहमहामन्त्री प्रकाशशरण महत नेतृत्वको टोली, यी नेताहरू सहभागी

भारत जाँदै कांग्रेस सहमहामन्त्री प्रकाशशरण महत नेतृत्वको टोली, यी नेताहरू सहभागी

  • मिडिया डबली
  • बुधवार, आश्विन २० २०७८

  • 4.4K
    SHARES

  • भारत जाँदै कांग्रेस सहमहामन्त्री प्रकाशशरण महत नेतृत्वको टोली, यी नेताहरू सहभागी
    फाइल तस्वीर

    काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतसहित नेताहरु भारत भ्रमणमा जान लागेका छन् ।

    पूर्व परराष्ट्र मन्त्रीसमेत रहेका महतसहित कांग्रेस नेताहरु उदयशमशेर राणा र अजय चौरासिया बिहीवार दिल्ली जाने भएका छन् ।

    भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) विदेश विभागको निमन्त्रणामा आफूहरु दिल्ली जाने कार्यक्रम तय भएको केन्द्रीय सदस्य चौरासियाले बताएका छन् ।

    कांग्रेसका नेताहरु बिहीवारदेखि ४ दिनसम्म राजधानी नयाँदिल्लीमा रहने भएका छन् ।

    चौरासियाका अनुसार असोज २५ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ । २ देश र २ पार्टीबीच सम्बन्ध थप मजबुत बनाउन भ्रमण गर्न लागिएको कांग्रेसले जानकारी दिएको छ ।

    नयाँदिल्लीमा रहँदा क–कसलाई भेट गर्ने भन्ने यकिन भई नसकेको चौरासियाले बताएका छन् । यसअघि सहमहामन्त्री महतको निमन्त्रणामा भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवालेले नेपाल भ्रमण गरेका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend