शनिवार, कार्तिक १ २०८३Oct 17 2026

Logo
images images

तेक्वान्दोलाई चलाउँदा ओलीका यी ‘हनुमान’को दशा बिग्रियो, देउवाले सोधे स्पष्टीकरण

तेक्वान्दोलाई चलाउँदा ओलीका यी ‘हनुमान’को दशा बिग्रियो, देउवाले सोधे स्पष्टीकरण

  • मिडिया डबली
  • मंगलवार, आश्विन १९ २०७८

  • 5.5K
    SHARES

  • तेक्वान्दोलाई चलाउँदा ओलीका यी ‘हनुमान’को दशा बिग्रियो, देउवाले सोधे स्पष्टीकरण

    काठमाडौं - राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवाल र परिषदका सीमित कर्मचारीहरू नेपाल तेक्वान्दो संघभित्र चरम हस्तक्षेप बढाएर लाभ लिने चलखेलमा लागेका छन् ।

    संघभित्र हस्तक्षेप बढाउन खोजेपछि खेलकुद मन्त्रालयको जिम्मेवारी समेत सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले सदस्य सचिव सिलवालसँग स्पष्टीकरण सोधेका छन् । देउवाको स्पष्टीकरणले सिलवाल र परिषदका कर्मचारीहरूलाई तनाब भएको छ ।

    सिलवाल र परिषदका सीमित  कर्मचारीहरूले संघबाट खाइपाइआएको सेवा सुविधामा र्‍याल चुहाउने गरेका छन् । स्वदेश वा विदेशमा हुने प्रतिस्पर्धा वा अवसर परिषदका सदस्य सचिव सिलवाल र सीमित कर्मचारीहरूले मात्रै लिने गरेका छन् । तेक्वान्दो संघलाई कठपुतली बनाएर खाइपाइआएको सिण्डिकेटलाई अन्त्य गर्न दवाव बढेको छ ।

    संघको भैरहवामा सम्पन्न महाधिवेशनलाई विथोल्न सदस्य सचिव सिलवालले पत्र नै काटेका थिए । उनले पत्र काटेपछि संघका अध्यक्षसहितका पदाधिकारी र खेलाडीहरूले प्रधानमन्त्री देउवासँग गुहार मागेका थिए । देउवाले परिषद र संघको विधानअनुसार तेक्वान्दो संघ स्वायत्त रहेको भन्दै महाधिवेशन गर्न अनुमति दिएका थिए । संघ स्वायत्त छ । संघले महाधिवेशनका लागि परिषदसँग लिखित रुपमा प्रतिनिधि माग गर्दा मात्रै परिषदले पठाउने हो । अन्यथा तेक्वान्दो संघले स्वायत्त भएर काम गर्न पाउँछ । नयाँ विधानले तेकवान्दो संघलाई स्वायत्ततता दिएको छ । यो जान्दा जान्दै सिलवाल र सीमित कर्मचारीहरूले हस्तक्षेप बढाउन खोजेका छन् ।

    नेपालमा हालैसम्पन्न साग गेममा तेक्वान्दोले सबैभन्दा धेरै गोल्डमेडल जितेर देशको नाम चम्काएको थियो । अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा पनि तेक्वान्दोले पदकहरू ल्याउने गरेको छ ।

    तेक्वान्दो संघमा हस्तक्षेप गर्न खोजेको लगायतका आरोपका विषयमा प्रतिक्रिया लिन परिषदका सदस्य सचिव सिलवालसँग हुन सकेन । सिलवालले फोन उठाएनन् । प्रवक्ता कुलबहादुर थापासँग पनि सम्पर्क हुन सकेन । परिषदको वेबसाइटमा प्रवक्ताको नाम र फोटो राखिएको छ । तर, फोन नम्बर छैन ।

    संघभित्र राजनीतिक हस्तक्षेप गरेर परिषदका सदस्य सचिव सिलवाल र सीमित कर्मचारीहरूले सबै सेवा सुविधा लिन खोजेको आरोप छ । क्षेत्राधिकार बाहिर गएर सिलवालले पनि संघभित्र हस्तक्षेप गरेर आफू निकटका खेलाडी, कोच, कर्मचारीलाई अवसर दिने गरेको आरोप छ ।

    तेक्वान्दो संघलाई अन्तर्राष्ट्रिय मान्यता प्राप्त छ । संघ कमजोर बनाउन विभिन्न हर्कतहरू पनि भएका छन् । 

    माओवादी केन्द्रको सरकार भएको बेलामा परिषदका तत्कालीन सदस्य सचिव युवराज लामाले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को दवावमा माओवादी निकटको तेक्वान्दो संघ दर्ता गरेका थिए । माओवादीको संघलाई वर्ल्ड तेक्वान्दो महासंघ र एसियन तेक्वान्दो महासंघले मान्यता दिएको छैन । माओवादी निकटको तेक्वान्दो संघको अध्यक्ष शिव कोइराला छन् । कोइराला हाल परिषदको उपाध्यक्ष पनि छन् ।

    तेक्वान्दो संघमा नयाँ नेतृत्व आएको छ । संघलाई नयाँ नेतृत्वले विधानअनुसार अगाडि बढाउने चुनौती छ । परिषदभित्रका सीमित कर्मचारी र सदस्य सचिव सिलवालको सिण्डिकेट हटाएर खेल, खेलाडी, प्रशिक्षक र राष्ट्रको नाम उँचो बनाउनुपर्नेछ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend