आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

कांग्रेस सभापतिको दौडमा रहेका ३ नेताबीच यी ३ बुँदामा सहमति जुट्यो 

कांग्रेस सभापतिको दौडमा रहेका ३ नेताबीच यी ३ बुँदामा सहमति जुट्यो 

  • मिडिया डबली
  • सोमवार, आश्विन १८ २०७८

  • 16.3K
    SHARES

  • कांग्रेस सभापतिको दौडमा रहेका ३ नेताबीच यी ३ बुँदामा सहमति जुट्यो 

    काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापति पदको दौडमा रहेका ३ नेताबीच सोमबार भेटवार्ता भएको छ ।

    महाधिवेशनको मिति नजिकिँदै गर्दा आज सोमवार नेताहरू बिमलेन्द्र निधि, प्रकाशमान सिंह र शशांक कोइरालाबीच भेटवार्ता भएको छ ।

    भेटमा महाधिवेशनमा सहमति जुटाएर मिलेर जाने सहमति भएको सिंहका सहयोगी युपी लामिछानेले बताएका छन् । ३ नेता बानेश्वरस्थित निधि निवासमा भेला भएका हुन् । लामिछानेका अनुसार ३ नेताबीच ३ सहमति भएका छन् ।

    सहमतिको पहिलो बुँदामा बाँकी रहेका जिल्लाको क्रियाशील सदस्यता विवाद तत्कालै टुंगोमा पुर्‍याउने, क्रियाशील सदस्यको कारण महाधिवेन तालिका प्रभावित हुन नदिने र तोकिएकै समयमा सम्पन्न गराउनुपर्ने माग गर्ने विषय रहेको छ ।

    दोस्रो बुँदामा तीनै नेताले सरकारलाई तत्काल पूर्णता दिनुपर्ने माग गरेका छन् । तेस्रो बुँदामा आपसी सहमति जुटाएर मिलेर जाने र थप छलफल भेटघाटको दायरा बढाउँदै जाने सहमति जुटेको लामिछानेले बताएका छन् ।

    पार्टी उपसभापति निधिका प्रेस सहयोगी रामजी दाहालले बानेश्वरमा ३ नेताबीच महाधिवेशन र सभापति पदमा उम्मेदवारीबारे गम्भीर छलफल भएको बताए ।

    पछिल्लो समय ३ नेताबीच भेटघाट बाक्लो भएको छ । निधिले औपचारिक रूपमै सभापतिमा उम्मेदवारी घोषणा गरिसकेका छन् भने प्रकाशमान र शंशाक समेत सभापतिमा उम्मेदवार हुने तयारीमा रहेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend