बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

गोरखामा देखियो गगन थापाको चमत्कार ! कांग्रेस जिल्ला सभापतिमा यस्तो परिणाम 

गोरखामा देखियो गगन थापाको चमत्कार ! कांग्रेस जिल्ला सभापतिमा यस्तो परिणाम 

  • मिडिया डबली
  • सोमवार, आश्विन १८ २०७८

  • 8.6K
    SHARES

  • गोरखामा देखियो गगन थापाको चमत्कार ! कांग्रेस जिल्ला सभापतिमा यस्तो परिणाम 

    काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत भएको जिल्ला अधिवेशनबाट गोरखा जिल्लाको सभापतिमा नन्दप्रसाद न्यौपाने सर्वसम्मत निर्वाचित भएका छन् ।

    सोमबार भएको जिल्ला अधिवेशनको उम्मेदवारी दर्तामा सभापति पदमा न्यौपानेले मात्रै उम्मेदवारी दिएपछि उनी निर्विरोध भएका छन् ।

    उम्मेदवारी दर्ता गर्दा न्यौपानेको प्रस्तावक गोरखा नगरपालिकाका मेयर राजनराज पन्त र समर्थक राजेन्द्र बजगाईं रहेका थिए ।

    सभापतिमा निर्वाचित भएका ४३ वर्षका न्यौपाने कांग्रेस केन्द्रीय सदस्य गगन थापानिकट रहेका छन् । गगन थापाले महासचिवमा उम्मेदवारी घोषणा गरिसकेका बेला विभिन्न जिल्लाबाट थापा पक्षको प्यानलले जित हात पारिरहेको छ ।

    न्यौपानेलाई जिल्ला सभापति बनाउन गोरखाका ११ वटै स्थानीय तहका पार्टी सभापतिहरुले हस्ताक्षर नै गरेका जनाइएको छ ।

    सभापति न्यौपाने यसअघि कांग्रेस गोरखाको सचिव रहेका थिए । न्यौपानेले नेविसंघ गोरखा सभापतिमा २ कार्यकाल रहेर समेत काम गरेका छन् ।

    न्यौपानेले आइतबार भएको महाधिवेशन प्रतिनिधिको चुनावमा गोरखा प्रतिनिधिसभा १ नम्बर क्षेत्रबाट सबैभन्दा धेरै मत समेत ल्याएका थिए । न्यौपाने लामो समयदेखि गोरखामा रहेर संगठन विस्तारमा क्रियाशील नेता हुन् ।

    गोरखामा उपसभापति, सचिव, सहसचिव, सदस्यलगायत पदमा भोलि मंगलवार बिहान ८ बजेदेखि निर्वाचन हुने भएको छ । यी सबै पदमा २ जनाभन्दा धेरैले उम्मेदवारी दिएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७११:३७:००
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend