काठमाडौं – नेकपा एमालेका युवा नेता तथा पूर्व मन्त्री योगेश भट्टराईलाई गृहजिल्ला ताप्लेजुङमा टक्कर दिने गरी नेपाली कांग्रेसको जिल्ला अधिवेशनबाट गजेन्द्रप्रसाद तुम्याहाङ सभापति निर्वाचित भएका छन् ।
चौधौं जिल्ला अधिवेशनअन्तर्गत आईतवार सम्पन्न निर्वाचनबाट तुम्याहाङ सभापतिमा निर्वाचित भएका छन् ।
जिल्ला कार्यसमिति उपसभापतिमा गणेश चोङ्वाङ, डिल्लीरमण बराल, सचिवमा डम्बर हाङ्गाम र नन्दकुमार ओझा विजयी भएका छन् । सहसचिवमा तेज सुनुवार (जङ्ग) र नन्दकुमार आङ्बुहाङ निर्वाचित भएको निर्वाचन अधिकृत तिलक पाण्डेले बताएका छन् ।
जिल्ला कार्यसमिति १ उपसभापतिबाहेक तुम्याहाङको प्यानल नै विजयी भएको छ । तुम्याहाङसँग पार्टीका पूर्वसचिव समेत रहेका छविलाल गुरुङ प्रतिस्पर्धामा रहेका थिए । जिल्ला सभापति निर्वाचित तुम्याहाङ सभापति शेरबहादुर देउवा पक्षका हुन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।