आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

देउवाको गृहजिल्लामा शेखर कोइरालालाई कांग्रेसले नै देखायो कालोझण्डा

देउवाको गृहजिल्लामा शेखर कोइरालालाई कांग्रेसले नै देखायो कालोझण्डा

  • मिडिया डबली
  • आइतवार, आश्विन १७ २०७८

  • 5.6K
    SHARES

  • देउवाको गृहजिल्लामा शेखर कोइरालालाई कांग्रेसले नै देखायो कालोझण्डा

    काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरा पुगेका केन्द्रीय सदस्य डा. शेखर कोइरालालाई कालोझण्डा देखाइएको छ ।

    पार्टी क्रियाशील सदस्यता विवाद सिर्जना गरेर गत भदौ २५ गतेको वडा अधिवेशन रोक्ने खोज्ने पक्षमा वकालत गर्न डडेल्धुरा पुगेर कोइरालालाई कांग्रेस कार्यकर्ताले नै कालोझण्डा देखाएका छन् ।

    त्यतिबेलादेखि नै जिल्ला सभापति कर्णबहादुर मल्ल लगायतले क्रियाशील सदस्यता विवाद सिर्जना गरेर अधिवेशन नगर्न चेतावनी दिँदै बहिष्कार गरेका छन् ।

    फेरि वडा अधिवेशन गर्न माग गर्दै डडेल्धुरामा ११ दिनदेखि रिले अनसन भइरहेको थियो । आज आईतबार पूर्व सहमहामन्त्री अर्जुननरसिंह केसी र केन्द्रीय सदस्यहरु डा. शेखर कोइराला र गुरुराज घिमिरेको उपस्थितिमा दशैंसम्मका लागि अनशन स्थगित भएको छ ।

    डा. शेखरको नेतृत्वमा डडेल्धुरामा आयोजित सभामा कांग्रेस कार्यकर्ताले कालोझण्डा देखाएका छन् । विवाद हुँदा कार्यकर्ताबीच झडप भएर ६ जना घाइते भएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend