काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा भोलि नयाँ मन्त्रीको शपथ हुने भएको छ ।
लामो समयदेखि मन्त्रिपरिषद्ले पूर्णता पाउन नसकिरहेको बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोलि मन्त्रीको शपथ हुने खुलासा गरेका छन् ।
पार्टी केन्द्रीय कार्यालय पेसिसडाँडामा आयोजित अखिल नेपाल किसान महासंघ क्रान्तिकारीको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले मन्त्रिपरिषद् विस्तारका लागि नयाँ मन्त्रीहरूको आज आईतबार नै टुंगो लाग्ने समेत बताएका छन् ।
अध्यक्ष प्रचण्डले सबै पार्टीबाट मन्त्री हुनेको लिस्ट आजै तयार हुने बताएका छन् । उनले भने, ‘मन्त्रिपरिषद् विस्तार नभएको भनेर निकै आलोचना भइरहेको छ । आज बिहान पनि मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल भएको थियो । आज मन्त्री हुनेको सबै लिस्ट फाइनल हुन्छ । सम्भवतः भोलि सोमबार सबै मन्त्रीको शपथ हुनसक्छ ।’
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा गत असार २९ गते गठन भएको सरकारमा हाल ५ मन्त्री र १ जना राज्यमन्त्री रहेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।