आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

देउवाको गृहजिल्ला पुगेर शेखर कोइरालाले मच्चाए बबन्डर : कार्यकर्ताबीच कुटाकुट, ६ घाइते

देउवाको गृहजिल्ला पुगेर शेखर कोइरालाले मच्चाए बबन्डर : कार्यकर्ताबीच कुटाकुट, ६ घाइते

  • मिडिया डबली
  • आइतवार, आश्विन १७ २०७८

  • 11.3K
    SHARES

  • देउवाको गृहजिल्ला पुगेर शेखर कोइरालाले मच्चाए बबन्डर : कार्यकर्ताबीच कुटाकुट, ६ घाइते

    काठमाडौं – नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापति पद ताकेका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरा पुगेर बबन्डर मच्चाएका छन् ।

    डडेल्धुरामा डा. कोइराला सहभागी कांग्रेसको भेलामा कुटाकुट भएको छ ।

    डडेल्धुरा पुगेर कोइरालाले गुटबन्दी गर्दै पार्टीलाई कमजोर बनाउन खोजेपछि कार्यकर्ता आक्रोशित बनेका छन् । डडेल्धुरा नेपाली कांग्रेसले निरन्तर संसदीय चुनाव जित्दै आएको जिल्ला हो ।

    डडेल्धुरामा सभापति शेरबहादुर देउवाको कामका कारण हरेक निर्वाचनमा जित्दै आएका छन् । तर कोइरालाले डडेल्धुरा आएर डडेल्धुरामा पार्टीलाई कमजोर बनाउन खोजेको भन्दै कार्यकर्ता आक्रोशित बनेका छन् ।

    ddl.jpg

    कोइरालाले आयोजना गरेको भेलामा कुटाकुट हुँदा ६ जना घाइते भएका छन् ।

    भेलामा केन्द्रीय सदस्य अर्जुनरसिंह केसी, डा. शेखर कोइराला र गुरुराज घिमिरे लगायत सहभागी थिए । 

    जिल्ला सभापति कर्णबहादुर मल्ल पक्षले विरोध जनाएका बेला वडा अधिवेशन र पालिका अधिवेशन भएपछि डा. कोइरालाको टीम डडेल्धुरा आएको छ ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend