शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

प्रचण्डलाई थर्काउन केपी ओलीको यस्तो छ भित्री रणनीति !

प्रचण्डलाई थर्काउन केपी ओलीको यस्तो छ भित्री रणनीति !

  • मिडिया डबली
  • आइतवार, आश्विन १७ २०७८

  • 3.6K
    SHARES

  • प्रचण्डलाई थर्काउन केपी ओलीको यस्तो छ भित्री रणनीति !

    काठमाडौं - एमाले अध्यक्ष केपी ओलीले पूर्वमाओवादीलाई फकाउने, पुष्पकमल दाहाल 'प्रचण्ड'लाई पेल्ने रणनीति बनाएका छन् । पूर्वमाओवादी नेता रामबहादुर थापा बादलको डिजाइनअनुसार ओलीले प्रचण्डमाथि प्रहार गर्न छाडेका छैनन् ।

    एमाले विधान महाधिवेशनमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा पनि ओलीले प्रचण्डलाई विभिन्न आरोप लगाएका छन् भने माओवादीप्रति नरम भाषा प्रयोग गरेका छन् ।

    ओलीको रणनीति भनेका आगामी चुनावमा माओवादी नेता कार्यकर्तालाई फकाएर भोट एमालेमा आकर्षित गर्नु हो । ओलीलाई यस्तो सुझाव दिनेमा बादल र लेखराज भट्टले सुझाव दिएको बताइन्छ । 

    तर माओवादी छाडेर एमाले गएका टोबहादुर रायमाझी र प्रभु साह नै अहिले निष्क्रिय बसेपछि ओलीको रणनीतिमा ठूलै धक्का लागेको छ । रायमाझी एमाले विधान महाधिवेशनमा सहभागी भए पनि त्यति सक्रियता देखाएका छैनन् ।

    प्रभु साहले भने एमाले विधान महाधिवेशन नै बहिष्कार गरेका छन् । साह पक्षका अधिकांश कार्यकर्ता सहभागी भएका छैनन् । यसले गर्दा आगामी दिनमा रायमाझी र साह पूर्वपार्टीमै नफर्केलान् भन्न सकिने अवस्था छैन । किनभने रायमाझी र साह माओवादीमै फर्के भने चुनाव जित्ने सम्भावना बढी छ । 

    ओली माधव नेपालले एकीकृत समाजवादीमा लगेका एमालेको क्षतिपूर्ति माओवादीबाट भर्न चाहन्छन् । उनलाई पूर्वमाओवादीको भोट र जनमत चाहिएको छ । त्यसैले उनी माओवादी आन्दोलनले उठाएका सकरात्मक एजेन्डा र उपलब्धिहरूको जस लिन खोजिरहेका छन् ।

    ओलीको यो रणनीति थाहा पाएपछि प्रचण्ड निकै आक्रमक भएका छन् । उनले एमालेले माओवादी नेता कार्यकर्तामाथि हिट गर्न खोजेको भनेर सशक्त प्रतिवाद गर्न कार्यकर्तालाई निर्देशन दिइसकेका छन् । त्यसैले आगामी निर्वाचनमा एमाले र माओवादीबीच ठूलै भिडन्त हुने खतरा छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend