आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

प्रकाशमान सिंहको हातबाट विस्तारै फुस्किँदै काठमाडौं कांग्रेस 

प्रकाशमान सिंहको हातबाट विस्तारै फुस्किँदै काठमाडौं कांग्रेस 

  • मिडिया डबली
  • आइतवार, आश्विन १७ २०७८

  • 4.7K
    SHARES

  • प्रकाशमान सिंहको हातबाट विस्तारै फुस्किँदै काठमाडौं कांग्रेस 

    काठमाडौं - नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत अहिले विभिन्न जिल्लामा जिल्ला अधिवेशन, पालिका र क्षेत्रीय अधिवेशन चलिरहेको छ ।

    असोज १६ गतेदेखि हिमाली २१ जिल्लामा जिल्ला अधिवेशन सुरु भएको छ । जसको नतिजा पनि आउनेक्रम जारी छ । मनाङ, मुस्ताङ, रुकुमपूर्वको परिणाम आइसकेको छ । आज संखुवासभा र रामेछापको परिणाम आउने बताइएको छ ।

    शनिबार काठमाडौंमा पालिका अधिवेशन सम्पन्न भएको थियो । जसअनुसार अहिलेसम्म बुढानिलकण्ठ, तार्केश्वर, नागार्जुन, शंखरापुर र कागेश्वरी मनोहरा नगरपालिकाको परिणाम आइसकेको छ ।

    काठमाडौंमा १० स्थानीय तह छन् । दक्षिणकाली नगरपालिकामा वडा तहकै अधिवेशन सम्पन्न नभएकाले त्यहाँ पालिका अधिवेशन स्थगित भएको छ । काठमाडौं महानगरपालिकामा आज मतदान भइरहेको छ । गोकर्णश्वर नगरपालिकाको परिणाम आउन बाँकी छ ।

    १३औं महाधिवेशनसम्म काठमाडौं कांग्रेसमा प्रकाशमान सिंहको पकड देखिँदै आएको थियो तर १४औं महाधिवेशनसम्म आइपुग्दा सिनारियो परिवर्तन भएको देखिएको छ ।

    तार्केश्वर, नागार्जुन र कागेश्वर मनोहरा नगरपालिकामा संस्थापन पक्ष अर्थात् सभापति शेरबहादुर देउवा निकट सभापतिमा निर्वाचित भएका छन् । शंखरापुर नगरपालिकामा सिंह निकट विजयी भएका छन् । बुढानिलकण्ठ नगरपालिकामा युवा नेता गगन थापा निकट सभापतिमा विजयी भएका छन् ।

    त्यसैले यी स्थानीय तहको परिणामले काठमाडौंमा महानगरपालिकाको अधिवेशनमा प्रभाव पार्ने बताइन्छ । काठमाडौं महानगरमा देउवा पक्षबाट प्रगतिमान रञ्जित र सिंह पक्षबाट ६५ वर्षीय निलकाजी शाक्य चुनावी मैदानमा छन् ।

    रञ्जित युवा भएकाले पनि उनले बाजी मार्ने सम्भावना धेरै रहेको बताइन्छ । यदि रञ्जितले जितेमा काठमाडौं कांग्रेसमा प्रकाशमान सिंहको दबदबा तोडिने निश्चित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend