आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

काठमाडौंको यो पालिकामा सिटौला पक्षको जित, देउवालाई फाइदा !

काठमाडौंको यो पालिकामा सिटौला पक्षको जित, देउवालाई फाइदा !

  • मिडिया डबली
  • आइतवार, आश्विन १७ २०७८

  • 7.5K
    SHARES

  • काठमाडौंको यो पालिकामा सिटौला पक्षको जित, देउवालाई फाइदा !

    काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत तारकेश्वर नगरपालिको सभापतिमा कृष्णहरि महर्जन निर्वाचित भएका छन् ।

    महर्जन पार्टीका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला पक्षका नेता हुन् । सिटौला यसपालि सभापति शेरबहादुर देउवा निकट रहेकाले आसन्न महाधिवेशनमा देउवालाई फाइदा हुने देखिएको छ ।

    सभापतिका उम्मेदवारहरु श्रीराम थापा र मुकुन्द तिमिल्सिनालाई महर्जनले पराजित गरेका छन् ।

    नेता महर्जन १३५ मत ल्याएर सभापति पदमा विजयी भए भने महर्जनका निकटतम प्रतिद्वन्द्वी श्रीराम थापाले ११४ र मुकुन्द तिमिल्सिनाले २ मत मात्रै पाएका छन् ।

    नगर कार्यसमितिको उपसभापति पदमा १२३ मतसहित जमुना तिमिल्सिना र १२५ मतसहित नवराज अर्यालले जितेका छन् ।

    कार्यसमिति सचिव पदमा राजु फुँयाल र शंकर तिमिल्सिना विजयी भएका छन् भने सहसचिव पदमा सरस्वती पौडेल र अप्सरा खड्का निर्वाचित भएका जनाइएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend