काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत शनिबार बुढानिलकण्ठ नगरपालिकामा भएको पालिका अधिवेशनमा चर्चित युवा नेता गगनकुमार थापा पक्षले सानदार जीत हासिल गर्दै प्यानल नै विजयी भयो ।
यस्तै, काठमाडौंकै शंखरापुर नगरपालिकाको अधिवेशनमा समेत सभापतिमा दिलिपकुमार श्रेष्ठसहित प्यानल नै गगन थापा पक्षको विजयी भएको छ ।
थापा पक्षबाट विजयी सभापति श्रेष्ठले ८६ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी सत्यमान लामाले ६८ मत मात्रै ल्याएका छन् ।
अधिवेशनबाट उपसभापति पदमा अमित प्रधान र मिलन खड्काले जितेका छन् भने सचिव पदमा स्वयम्भूलाल श्रेष्ठ र रनबहादुर तामाङ विजयी भएका छन् ।
नगर कार्यसमितिको सहसचिव पदमा श्रीराम लामिछाने र बसन्त थिङ विजयी भएका छन् । काठमाडौंका पालिकामा गगन थापा पक्ष बलियो देखिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।