काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत विराटनगर महानगरपालिकाको नगर सभापतिमा दीपक चापागाईंले सानदार जीत हात पारेका छन् ।
सभापति शेरबहादुर देउवा पक्ष र रामचन्द्र पौडेल पक्षका उम्मेदवारलाई पराजित गर्दै चापागाईं सभापतिमा निर्वाचित भएका छन् ।
आईतवार बिहान सार्वजनिक अन्तिम मत परिणामअनुसार सभापतिमा निर्वाचित चापागाईंले २१२ मत पाएका छन् ।
चापागाईंका निकटतम प्रतिद्वन्दी सन्तोष न्यौपानेले १६५, कृष्ण कार्कीले १३३ र अरुण न्यौपानेले १२७ मत पाएका छन् । न्यौपाने देउवा पक्षका उम्मेदवार रहेका छन् । शनिवार भएको निर्वाचनमा ६६४ मत खसेको हो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।