काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन नजिकिँदै गर्दा सभापति पदका आकांक्षीहरू मैदानमा उत्रिएका छन् ।
नेपाली कांग्रेसको ललितपुर जिल्ला सभापतिमा लोकप्रिय नेता मीनकृष्ण महर्जनले प्रचारप्रसार गरिरहेका बेला भ्रम फैलाउने काम भएको भन्दै प्रस्टीकरण सार्वजनिक भएको छ ।
नेता महर्जनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘केही नेता तथा कार्यकर्ताहरूले जिल्ला सभापतिमा मैले उम्मेदवारी दिँदैन भन्ने भ्रम फैलाएका हुनाले नेता तथा कार्यकर्ताहरूको भावना अनुसार मेरो जिल्ला सभापतिमा उम्मेदवारी रहने यसै सामाजिक सञ्जालमार्फत जानकारी गराउँछु ।’
नेता महर्जनले वडा अधिवेशनदेखि नै सभापतिमा उम्मेदवारी घोषणा गरेर प्रचारप्रसार तीब्र पारेका छन् । तर उनलाई असफल पार्न दुष्प्रचार भइरहेको स्रोतले जनाएको छ । ललितपुरमा सदैव पार्टी काममा खटिने र युवामाझ लोकप्रिय रहेका महर्जनले जित्ने सम्भावना देखेर दुष्प्रचार गर्न थालिएको स्थानीय कार्यकर्ता बताउँछन् ।
महर्जनले फेसबुकमा लेखेका छन्, ‘आदरणीय नेपाली कांग्रेस ललितपुर जिल्लाका नेता तथा कार्यकर्ता ज्यूहरुमा जय नेपाल ! नेपाली कांग्रेसको कुम्भमेला १४औं महाअधिवेशनको सन्दर्भमा मेरो जिल्ला सभापति उम्मेदवारीको विषयमा विभिन्न टीका टिप्पणी हुन थालेको छ । केही नेता तथा कार्यकर्ताहरूले जिल्ला सभापतिमा मैले उम्मेदवारी दिँदैन भन्ने भ्रम फैलाएका हुनाले नेता तथा कार्यकर्ताहरूको भावना अनुसार मेरो जिल्ला सभापतिमा उम्मेदवारी रहने यसै सामाजिक सञ्जालमार्फत जानकारी गराउँछु । मेरो चाहना भनेको ललितपुर जिल्ला नै कांग्रेसमय बनाउने रहेकाले हजुरहरूको साथ र सहयोगको अपेक्षा गर्दछु । जय नेपाल !’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।