आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

कांग्रेस भित्रको खेल पल्टियो, शेरबहादुर देउवा फेरि यसरी बन्दैछन् सभापति !

कांग्रेस भित्रको खेल पल्टियो, शेरबहादुर देउवा फेरि यसरी बन्दैछन् सभापति !

  • मिडिया डबली
  • शुक्रवार, आश्विन १५ २०७८

  • 14.0K
    SHARES

  • कांग्रेस भित्रको खेल पल्टियो, शेरबहादुर देउवा फेरि यसरी बन्दैछन् सभापति !

    काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन नजिकिँदै गर्दा आन्तरिक समीकरणको खेल पल्टिएको छ ।

    सभापति शेरबहादुर देउवाले फेरि सभापतिमा जित्ने गरी माहोल निश्चित भइरहेको नेताहरू बताउँछन् ।

    १३औं महाधिवेशनमा दोस्रो चरणको निर्वाचनमा मात्रै सभापति देउवालाई समर्थन गरेका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले यसपालि पहिलो चरणमै देउवालाई समर्थन गर्ने भएका छन् । यस विषयमा देउवा र सिटौलाबीच आन्तरिक सहमति भइसकेको छ ।

    कांग्रेसभित्र निर्णायक र प्रभावशाली मानिएका नेता सिटौलाको गृहजिल्ला झापा लगायत पूर्वका जिल्लामा राम्रो प्रभाव रहेको छ । सिटौला पक्षका महाधिवेशन प्रतिनिधिको भोट देउवाको पक्षमा आएमा देउवा सभापतिमा सहजै जित्ने कांग्रेसका एक नेताले दाबी गरे ।

    ‘सभापतिज्यूको पक्षमा माहोल राम्रो बनेको छ । प्रधानमन्त्री बन्नुभएका कारण पनि देशभरका नेताहरू सभापतिज्यूतिर आकर्षिक भएका छन्,’ ती नेताले भने, ‘सिटौलाज्यूले समर्थन गर्ने भएपछि देउवा सभापति बन्ने निश्चितजस्तै हो ।’

    देउवालाई चुनौती दिन खोजिरहेको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षमा भने सभापतिकै धेरै आकांक्षी छन् । पूर्व महामन्त्री प्रकाशमान सिंहले उम्मेदवारी घोषणा गरिसकेका छन् भने पौडेल, महामन्त्री शशांक कोइराला र शेखर कोइराला बलियो गरी सभापतिमा भिड्ने दौडमा छन् । अर्काे पक्षमा धेरै आकांक्षी भएको अवस्थामा देउवालाई सभापति जित्न झन् सहज हुने स्रोतको दाबी छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend