आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

ललितपुरमा देउवा प्यानल विजयी, रामचन्द्र पौडेल पक्ष ‘क्लीन स्वीप’

ललितपुरमा देउवा प्यानल विजयी, रामचन्द्र पौडेल पक्ष ‘क्लीन स्वीप’

  • मिडिया डबली
  • बुधवार, आश्विन १३ २०७८

  • 6.1K
    SHARES

  • ललितपुरमा देउवा प्यानल विजयी, रामचन्द्र पौडेल पक्ष ‘क्लीन स्वीप’

    काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत ललितपुर जिल्लामा १ महानगरपालिका र २ वटा नगरपालिकामा सभापति शेरबहादुर देउवा पक्षको प्यानल विजयी भएको छ । 

    ललितपुर महानगरपालिकामा जिल्ला सभापति मदनबहादुर अमात्य निकट मानिने शुभानन धाख्वा सभापतिमा विजयी भएका छन् ।

    गोदावरी नगरपालिकामा महासमिति सदस्य तथा खेलकुद विभाग सचिव मीनकृष्ण महर्जन निकट मानिने प्रदीप जोशी सभापतिमा निर्विरोध निर्वाचित भएका छन् । 

    महालक्ष्मी नगरपालिकामा महासमिति सदस्य रामकृष्ण चित्रकार निकट मानिने दिवाकर सिलवाल सभापतिमा विजयी भएका छन् ।

    सभापति जित्ने यी तीनै नेता सभापति देउवा निकट हुन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष ‘क्लीन स्वीप’ भएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend