आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

माओवादी छाडेर कांग्रेसमा आएका यी युवा बने सर्वसम्मत सभापति, नवप्रवेशीलाई सम्मान !

माओवादी छाडेर कांग्रेसमा आएका यी युवा बने सर्वसम्मत सभापति, नवप्रवेशीलाई सम्मान !

  • मिडिया डबली
  • मंगलवार, आश्विन १२ २०७८

  • 9.5K
    SHARES

  • माओवादी छाडेर कांग्रेसमा आएका यी युवा बने सर्वसम्मत सभापति, नवप्रवेशीलाई सम्मान !

    काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनमा युवा नेतृत्व, महिला, समावेशिताका सवालमा अनेक उदाहरण देखिँदैछन् ।

    कांग्रेस यत्तिकैमा सीमित छैन, कांग्रेसमा नवप्रवेशीलाई पनि सम्मान मिल्ने उदाहरण धादिङमा देखिएको छ ।

    नेकपा माओवादी केन्द्र परित्याग गरेर कांग्रेस प्रवेश गरेका धादिङका ठाकुर गुरुङ पालिकाबाट अधिवेशनबाट नेत्रावती गाउँपालिकाको सभापतिमा सर्वसम्मत निर्वाचित भएका छन् । कांग्रेसमा नवप्रवेशीलाई पनि सम्मान गर्दै पालिकाको नेतृत्व गर्ने अवसर दिइएको स्थानीय नेता कार्यकर्ता बताउँछन् ।

    माओवादीले देशमा सशस्त्र द्वन्द्व चर्काउँदा उनी मार्पाक गाविसको निरञ्जना माविमा अध्ययनरत थिए । त्यसैबेला गाउँमा माओवादीका कार्यक्रम र प्रशिक्षणमा सहभागी हुँदै उनी माओवादी बने । तर माओवादी शान्ति प्रक्रियामा आएपछि बिग्रिएको भन्दै उनी कांग्रेस बनेका हुन् ।

    उनी २०७४ सालको स्थानीय तह निर्वाचनमा नेत्रावती गाउँपालिकाको अध्यक्ष पदमा माओवादीका तर्फबाट उम्मेदवार बनेका थिए । पार्टीमा अन्तरघात भएका कारण १३६ मतले पराजित भएपछि उनलाई माओवादीप्रति मन मर्‍यो । माओवादी निकट प्रेस सेन्टरको धादिङ जिल्लाका कार्यबाहक अध्यक्ष समेत रहेका गुरुङ २०७४ मंसिर ८ गते कांग्रेसनिकट नेपाल प्रेस युनियनमा प्रवेश गरेका थिए ।

    गुरुङले भने, ‘जनयुद्धका नारा माओवादीले कार्यान्वयन गर्न सक्दैन भन्ने लागेपछि म देशकै पुरानो, आफ्ना बाउबाजेले मानेको पार्टीमा प्रवेश गरेको हुँ ।’

    पालिका अधिवेशनका क्रममा नेत्रावती डबजोङ गाउँपालिकाको अधिवेशनमा गुरुङसहित ५ जना आकांक्षी रहेका थिए । कांग्रेसमा उनीभन्दा अनुभवी र पुरानो नेता भएपनि सबैलाई सहमत गराएर उनी सभापति बनेका हुन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend