काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सकिएको छ ।
बैठकमा प्रस्तुत ३ वटा दस्तावेज पारित गर्ने निर्णय भएको छ ।
गत शुक्रवारदेखि जारी बैठकको अन्तिम दिन आज आईतवार दस्तावेज प्रस्तुतकर्ताले जवाफ दिएसँगै पारित गरिएका छन् ।
स्थायी कमिटीबाट पारित भएर आएका अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको सांगठनात्मक प्रस्ताव र उपमहासचिव विष्णु पौडेलको विधान संशोधन प्रस्ताव पारित भएको केन्द्रीय सदस्य पदमा अर्यालले बताइन् ।
पूर्व मन्त्री समेत रहेकी अर्यालका अनुसार बैठकमा आएका सुझावलाई समावेश गर्ने गरी दस्तावेज पारित भएका छन् ।
दस्तावेजमाथि छलफलका लागि केन्द्रीय कमिटीको बैठकमा शुक्रवार १० वटा समूह बनाइएको थियो । समूहमा गरिएको छलफलका निष्कर्षलाई शनिवारको बैठकमा समूह नेताले प्रस्तुत गरेका थिए ।
आज आईतबारको बैठकमा ओली, पोखरेल र पौडेलले जवाफ दिएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।