शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

नयाँ मन्त्री नियुक्त गर्नुअघि यी निर्णय गर्ने गठबन्धन दलबीच सहमति, देउवालाई विशेष जिम्मा

नयाँ मन्त्री नियुक्त गर्नुअघि यी निर्णय गर्ने गठबन्धन दलबीच सहमति, देउवालाई विशेष जिम्मा

  • मिडिया डबली
  • आइतवार, आश्विन १० २०७८

  • 3.9K
    SHARES

  • नयाँ मन्त्री नियुक्त गर्नुअघि यी निर्णय गर्ने गठबन्धन दलबीच सहमति, देउवालाई विशेष जिम्मा

    काठमाडौं – सत्तारुढ गठबन्धनको बैठकमा मन्त्रिपरिषद् विस्तारका लागि नयाँ मन्त्री नियुक्त गर्नुअघि राजनीतिक दलसम्बन्धी अध्यादेशबारे निर्णय गर्नुपर्ने सहमति भएको छ ।

    बैठकमा अध्यादेशबारे तत्कालै निर्णय लिन र केही दिनभित्र मन्त्रिपरिषद् विस्तार गर्न प्रधानमन्त्री देउवालाई आग्रह गरिएको छ ।

    प्रधानमन्त्रीनिवास बालुवाटारमा आज आईतवार बसेको सत्तारुढ दलका शीर्ष नेताको बैठकले केही दिनभित्रै मन्त्रिपरिषद् विस्तार गर्नुपर्नेमा जोड दिए ।

    गठबन्धनमा संसदीय दल वा केन्द्रीय कमिटीको २० प्रतिशत जुटाएर दल विभाजन गर्ने गरी ल्याइएको राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिने कि प्रतिस्थापन विधेयक ल्याउने भन्ने विवाद रहेको छ ।

    नेकपा एकीकृत समाजवादी (एस) पार्टीका अध्यक्ष माधवकुमार नेपालको जोडबलमा सरकारले दल सम्बन्धी अध्यादेश भदौ २३ गते प्रतिनिधि सभामा टेबुल गरिसकेको छ तर अध्यादेश कायम रहँदासम्म मन्त्रिपरिषद् विस्तार गर्न नहुने जनता समाजवादी पार्टी (जसपा) नेपालको अडान रहेको छ ।

    दल सम्बन्धी अध्यादेश र त्यस आधारमा भएका कामविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

    अध्यादेशको विषयमा एस र जसपाका शीर्ष नेतासँग छलफल गरेर टुंगो लगाउन प्रधानमन्त्री देउवालाई जिम्मेवारी दिइएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend