आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

कांग्रेस महाधिवेशन : ललितपुरको जिल्ला सभापतिमा मीनकृष्ण महर्जन अगाडि !

कांग्रेस महाधिवेशन : ललितपुरको जिल्ला सभापतिमा मीनकृष्ण महर्जन अगाडि !

  • मिडिया डबली
  • शनिवार, आश्विन ९ २०७८

  • 9.0K
    SHARES

  • कांग्रेस महाधिवेशन : ललितपुरको जिल्ला सभापतिमा मीनकृष्ण महर्जन अगाडि !

    काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत यतिबेला देशभर नेता कार्यकर्ता जुर्मुराएका छन् ।

    कांग्रेसको कुम्भमेला महाधिवेशनको कार्यतालिका पटक–पटक संशोधन हुँदै आए पनि वडा, पालिका अधिवेशन भइरहेका छन् । देशभर नेता कार्यकर्तामा उल्लासको वातावरण छ ।

    यसैक्रममा ललितपुर जिल्लामा समेत नेताहरूको प्रत्येक वडावडामा पुगेर मत माग्ने कार्यलाई तीव्रता दिएका छन् । ललितपुरमा पालिका अधिवेशन असोज ११ गते तोकिएको छ । 

    जिल्ला सभापतिका आकांक्षीहरू पनि यतिखेर वडावडामा गएर मत मागिरहेका छन्, जसमा कांग्रेसका युवा नेता तथा केन्द्रीय खेलकुद विभाग सचिव मीनकृष्ण महर्जन अगाडि देखिएका छन् ।

    ललितपुर जिल्लामा ७१ वडा रहेका छन् । सबै वडामा कांग्रेसजनमाझ चुनावी सरगर्मी बढेको छ । यतिखेर कांग्रेसका नेता कार्यकर्ताहरू नेता महर्जन जिल्ला सभापति हुने प्रवल सम्भावना रहेको बताउँछन् ।

    महर्जनलाई ललितपुर जिल्लामा निकै बलियो उम्मेदवारका रूपमा हेरिएको नेपाली कांग्रेसका युवा नेता तथा गोदावरी नगरपालिका सभापति सुरज श्रेष्ठले बताए । पार्टीको संगठन विस्तार गर्न र कार्यकर्ताको संरक्षण गर्न निकै माहिर मानिने नेता महर्जन ललितपुर जिल्लामा निकै प्रभावशाली मानिएका छन् ।

    नेता महर्जन खेलकुद पृष्ठभूमिबाट राजनीतिमा प्रवेश गरेका राष्ट्रिय खेलकुद परिषद् पूर्व कोषाध्यक्ष, कराँतेका पूर्व अन्तर्राष्ट्रिय खेलाडी समेत हुन् । नेता महर्जन १० वर्षसम्म तरुण दल केन्द्रीय सदस्य र नेपाली कांग्रेसको ११औं महाधिवेशनमा प्रतिनिधि, १२औं महाधिवेशमा महासमिति सदस्य, १३औं महाधिवेशनमा ललितपुर जिल्लामा सबैभन्दा बढी मत ल्याएर महासमिति सदस्यमा निर्वाचित भएका थिए ।

    242098411_385673079771510_8285045368982821524_n.jpg

    ललितपुरमा ५०% भन्दा बढी खेलाडी तथा युवाहरू क्षेत्रीय प्रतिनिधि निर्वाचित भएर आएका कारण युवाहरूबीच लोकप्रिय नेता मीनकृष्ण महर्जन जिल्ला सभापति हुने निश्चित रहेको युवा नेता तथा ललितपुर क्षेत्र नम्बर ३ प्रदेश (क) सभापति युवा नेता जितेन्द्र महर्जन बताउँछन् । 

    ललितपुर जिल्लामा पार्टीले आयोजना गरेको आन्दोलन होस् वा पार्टीले आयोजना गर्ने कार्यक्रम होस्, कार्यकर्ताको व्यापक सहभागिताका लागि उनै नेता महर्जनको खोजी हुने गरेको छ, त्यसैकारण नेता महर्जनलाई केन्द्रीय नेताहरूले पनि रुचाएका छन् ।

    242043527_597835777919406_736949443030731069_n.jpg

    नेता महर्जन २०७४ सालको प्रदेशसभा निर्वाचनमा ललितपुर क्षेत्र नम्बर १ प्रदेश (ख) तर्फ विपक्ष पार्टी उम्मेदवारको आर्थिक चलखेल र कांग्रेसकै नेताको अन्तरघातका कारण झिनो मतले पराजित भएका थिए । 

    जिल्ला सभापतिको लागि दौडमा अन्य नेताहरूमा  प्रकाश नन्दन जोशी, रामकृष्ण चित्रकार समेत रहेका छन् भने नेता जितेन्द्रकुमार श्रेष्ठले कार्यक्रम राखेर सभापतिको उम्मेदवार बन्ने घोषणा गरिसकेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend