आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

देउवा सरकारले रेल चलाउने, बिमलेन्द्र निधिको यस्तो प्रस्ताव

देउवा सरकारले रेल चलाउने, बिमलेन्द्र निधिको यस्तो प्रस्ताव

  • मिडिया डबली
  • शुक्रवार, आश्विन ८ २०७८

  • 5.5K
    SHARES

  • देउवा सरकारले रेल चलाउने, बिमलेन्द्र निधिको यस्तो प्रस्ताव

    काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले जनकपुर–जयनगर रेल चलाउने भएको छ ।

    नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधिले प्रधानमन्त्री देउवालाई भेटेर जनकपुर–जयनगर रेल्वे सञ्चालनका लागि प्रस्ताव गरेपछि देउवाले सरकार रेल चलाउन तयार रहेको जवाफ दिएका छन् ।

    आज शुक्रवार साँझ बालुवाटारमा पुगेर उपसभापति निधिले रेल तत्काल सञ्चालनका लागि सरोकारवाला निकायलाई निर्देशन दिन प्रधानमन्त्री देउवालाई आग्रह गरेका छन् ।

    देउवासँग निधिले नेपाल–भारत दुबै देशका प्रधानमन्त्रीद्वारा संयुक्त रुपमा रेल्वे उद्घाटनको व्यवस्था मिलाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र रेल विभागलाई निर्देशन दिन समेत अनुरोध गरेका छन् ।

    निधिले भारत सरकारको सहयोगमा बनेको रेल्वे सञ्चालनका लागि नेपाल सरकारले इन्धन र डब्बा खरिद गरिसकेको बताउँदै लामो समय सञ्चालनमा नआउँदा बिग्रने अवस्थामा पुगेकाले देउवाको ध्यानाकर्षण गराएका छन् ।

    उपसभापति निधिका अनुसार भेटमा प्रधानमन्त्री देउवाले जनकपुर–जयनगर रेल्वे सञ्चालनको तयारी अघि बढाउनुपर्नेमा सरकार सकारात्मक रहेको जवाफ दिएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend