काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसभित्र ‘तीन युवराज’ भनेर परिचित नेतात्रय शशांक कोइराला, प्रकाशमान सिंह र बिमलेन्द्र निधि फेरि एकैठाउँमा भेला भएका छन् ।
शुक्रबार तीनै नेताबीच भेटवार्ता भएर आगामी १४औं महाधिवेशनबारे छलफल भएको छ ।
भेटमा क्रियाशील सदस्यता विवाद टुंगो लगाएर कार्यतालिका अनुसार अधिवेशन गराउन माग गर्ने सहमति भएको प्रकाशमान सिंहको सचिवालयले जनाएको छ ।
भेटमा ३ नेताहरुबीच रोकिएको संवादलाई फेरि निरन्तरता दिने सहमति समेत भएको छ ।
सचिवालयका अनुसार नेताहरूले आगामी भेटमा अन्य नेतालाई समेत सहभागी गराउनुपर्नेमा जोड दिएका जनाइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।