आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

कांग्रेस पदाधिकारी बैठकमा यस्तो सहमति, केन्द्रीय कार्यसमितिबाट निर्णय गरिने

कांग्रेस पदाधिकारी बैठकमा यस्तो सहमति, केन्द्रीय कार्यसमितिबाट निर्णय गरिने

  • मिडिया डबली
  • शुक्रवार, आश्विन ८ २०७८

  • 4.3K
    SHARES

  • कांग्रेस पदाधिकारी बैठकमा यस्तो सहमति, केन्द्रीय कार्यसमितिबाट निर्णय गरिने

    काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसले १४औं महाधिवेशनको तयारीअन्तर्गत विधान संशोधन र अन्य नीतिगत तयारीका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाउने भएको छ ।

    आज शनिवार बसेको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकपछि प्रवक्ता विश्वप्रकाश शर्माले महाधिवेशनको तयारीबारे छलफल गर्न छिट्टै केन्द्रीय कार्यसमितिको बैठक बोलाउने सहमति भएको बताए ।

    ‘विधानमा कतिपय संशोधन गर्नुपर्ने कुराहरू र महाधिवेशनको नीतिगत एजेण्डा र प्रतिवेदनको तयारीका विषयमा छलफल गर्नुपर्नेछ, त्यसका लागि अब चाँडै नै केन्द्रीय कार्यसमितिको बैठक बोलाइने छ,’ प्रवक्ता शर्माले भनेका छन् ।

    बैठकमा महिला, दलित, जनजाति, मधेशी, मुस्लिम, थारु, अपांगता भएका लगायत सबै समावेशी समूहको प्रतिनिधित्वको विषयमा उठेका मागहरू सम्बोधन गर्ने विषयमा पनि लगभग सहमति जुटेको जनाइएको छ ।

    पार्टीभित्र १४औं महाधिवेशनमा १६५ वटै निर्वाचन क्षेत्रबाट कम्तिमा १–१ जनाको प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने माग गर्दै आएका छन् । यसअघि वडामै समावेशी प्रतिनिधित्व हुने अवस्था नभएपछि भदौ १७ गतेको साँझ सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल बसेर सबै वडाबाट समावेशी समुदायको कम्तिमा १ जनाको प्रतिनिधित्व हुने व्यवस्था गर्न देशभर निर्देशन दिएका थिए ।

    सबै क्षेत्रबाट समावेशी समुदायको प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने भन्दै नेपाल दलित संघ, मुस्लिम संघ, जनजाति संघ लगायत विभिन्न भातृसंस्थाले माग गर्दै आएका थिए । 

    प्रवक्ता शर्माले समावेशी समुदाय सम्बन्धी छलफल करीब–करीब सहमतिको नजिक पुगे पनि कतिपय व्यवस्थाहरू विधानमै संशोधन गर्नुपर्ने भएकाले केन्द्रीय कार्यसमितिको बैठकबाट निर्णय गरिने बताएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend