शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक सकियो, नयाँ मन्त्री नियुक्तिबारे के भयो सहमति ?

बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक सकियो, नयाँ मन्त्री नियुक्तिबारे के भयो सहमति ?

  • मिडिया डबली
  • बुधवार, आश्विन ६ २०७८

  • 4.7K
    SHARES

  • बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक सकियो, नयाँ मन्त्री नियुक्तिबारे के भयो सहमति ?

    काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारीनिवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक सकिएको छ ।

    मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल गर्न बसेको बैठक विना निष्कर्ष सकिएको छ ।

    आज बुधवार साँझ बसेको बैठकले राजनीतिक दलसम्बन्धी अध्यादेश र मन्त्रिपरिषद् विस्तारबारे कुनै सहमति जुटाउन नसकेको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

    गठबन्धनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव, डा. बाबुराम भट्टराई, कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का, माओवादीका नेता नारायणकाजी श्रेष्ठ र कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्र कार्की सहभागी रहेका थिए । 

    नेता श्रेष्ठले भने, ‘आजको बैठकमा संसदमा बजेट पारित गर्ने प्रक्रियालाई अगाडि बढाउने विषयमा छलफल भएको छ । साथै छिटोभन्दा छिटो मन्त्रिपरिषद्को पूर्णता दिनुपर्छ भन्ने कुरा भयो ।’ नयाँ मन्त्री नियुक्तिका लागि राजनीतिक दलसम्बन्धी अध्यादेशबारे टुंगो लगाउनुपर्ने गठबन्धनलाई चुनौती छ । राजनीतिक दल सम्बन्धी अध्यादेश प्रतिनिधि सभामा छ । त्यसलाई फिर्ता नलिएसम्म सरकारमा सहभागी नहुने जसपा अध्यक्ष उपेन्द्र यादवले अडान लिएका छन् ।

    अध्यादेशले जसपा र एकीकृत समाजवादीबाट सरकारमा सहभागी हुने कुरामा समस्या भए माओवादीबाट मात्रै भए पनि मन्त्री हुनेको नाम पठाउन प्रधानमन्त्री देउवाले प्रचण्डसँग प्रस्ताव गरे तर आजको बैठकले जसपा र एकीकृत समाजवादीलाई समेटेर मात्र थप मन्त्री नियुक्त गरिने सहमति भएको स्रोतले जनाएको छ ।

    राजनीतिक दलसम्बन्धी अध्यादेशबारे १–२ दिनमै निकास निस्किने र त्यसपछि जसपा र एकीकृत समाजवादीलाई पनि समेटेर जाने कुरा भएको श्रेष्ठले बताए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend