काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठकमा पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच चर्काचर्की विवाद भएको छ ।
आज बुधवार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको पदाधिकारी बैठकमा सभापति देउवा र नेता पौडेलबीच चर्काचर्की भएपछि देउवा बैठक छाडेका हिँडेका छन् ।
अपराह्न ४ बजेबाट सुरू भएको बैठकमा वरिष्ठ नेता पौडेलले ३ वटा प्रस्ताव अघि सारेका थिए । पौडेलले नयाँ मन्त्री नियुक्ति, एनआरएन चुनाव, असोज ९ गते हुने पालिका अधिवेशन सार्नुपर्नेबारे देउवासँग जवाफ मागेका थिए ।
नेता पौडेलले नयाँ मन्त्री नियुक्तिबारे जवाफ मागेपछि सभापति देउवा आक्रोशित बने । देउवा झोक्किएपछि बैठकस्थलमा सन्नाटा छाएको थियो । चर्काचर्की चल्दाचल्दै देउवा बैठकस्थल छाडेर बाहिरिएका थिए ।
देउवानिकट नेताहरूले नजान आग्रह गरेपछि उनी केहीबेर बैठकमा बसे । तर सत्तारुढ गठबन्धनको बैठकमा जानुपर्ने भन्दै देउवा बैठकबाट बाहिरिएका हुन् ।
सभापति देउवा निस्किएपछि अरु पदाधिकारी बसेर महाधिवेशनसँग सम्बन्धित निर्णय गरेका छन् । जसमा पालिका अधिवेशनबाहेक अरु अधिवेशन दशैंपछि गर्ने सहमति भएको जनाइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।