शनिवार, कार्तिक १ २०८३Oct 17 2026

Logo
images images

प्रधानमन्त्री देउवालाई फकाउन केपी ओलीले बनाए ‘प्लान’ : प्रचण्ड र माधव नेपालको के होला ?

प्रधानमन्त्री देउवालाई फकाउन केपी ओलीले बनाए ‘प्लान’ : प्रचण्ड र माधव नेपालको के होला ?

  • मिडिया डबली
  • बुधवार, आश्विन ६ २०७८

  • 4.3K
    SHARES

  • प्रधानमन्त्री देउवालाई फकाउन केपी ओलीले बनाए ‘प्लान’ : प्रचण्ड र माधव नेपालको के होला ?

    काठमाडौं - केही दिनयता एमाले अध्यक्ष केपी ओलीले राजनीतिक सक्रियता बढाएका छन् । साढे दुई महिनाअघि बालुवाटारबाट बालकोट पुगेपछि ओली केही समयसम्म निष्क्रिय भई बसेका थिए । छिटपुट पार्टीका कार्यक्रममा देखिन्थे ।

    अहिले भने उनी दैनिक दुईवटासम्म पार्टी कार्यक्रममा सहभागी हुने गरेका छन् ।

    कहिले पार्टी त कहिले भ्रातृसंगठनका कार्यक्रममा सहभागी हुँदै आएका ओलीले विशेष गरी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको उछितो काढ्नमै समय खर्च गरिरहेका छन् ।

    तर कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको विरोधमा खासै शब्द खर्चिएका छैनन् । ओली देउवालाई चिढ्याउने पक्षमा देखिएका छैनन् ।

    एमाले उच्च स्रोतका अनुसार केही दिनभित्रै देउवा र ओलीबीच राजनीतिक भेटघाटको तयारी भइरहेको छ । अघिल्लो साता नै दुई नेताबीच भेटवार्ता गर्ने चर्चा थियो तर भएन ।

    यसबीचमा देउवाले आफ्ना विश्वासपात्र नेता ज्ञानेन्द्रबहादुर कार्कीलाई दुईपटक बालकोट पठाएर संवाद अघि बढाइसकेका छन् । ओली पनि देउवालाई गाली गरेर होइन, फकाएर प्रचण्ड र माधव नेपालको घेराबन्दीबाट बाहिर ल्याउने रणनीतिमा लागेको स्रोतले बतायो ।

    साढे दुई महिना बितिसक्दा पनि देउवालाई मन्त्रिपरिषद् पूर्णता दिनबाट रोक्न प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादव लागेको भन्दै अहिले देखिएको राजनीतिक गतिरोध संसदीय निर्वाचनबाट मात्र समाधान हुने भन्दै ओलीले चुनावमा जान बालुवाटारलाई सन्देश पठाएको उच्च स्रोतले बतायो । 

    सत्ता गठबन्धनमा देखिएको खटपट र राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशका कारण पार्टीहरु फेरि फुट्ने खतरा बढ्दै गएको भन्दै संसदको चुनावको भित्री तयारी थालिएको बताइन्छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend