आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

देउवा सरकारको परराष्ट्रमन्त्रीमा खड्का नियुक्त, राष्ट्रपति भण्डारीको हातमा पत्र 

देउवा सरकारको परराष्ट्रमन्त्रीमा खड्का नियुक्त, राष्ट्रपति भण्डारीको हातमा पत्र 

  • मिडिया डबली
  • बुधवार, आश्विन ६ २०७८

  • 5.6K
    SHARES

  • देउवा सरकारको परराष्ट्रमन्त्रीमा खड्का नियुक्त, राष्ट्रपति भण्डारीको हातमा पत्र 

    काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारको परराष्ट्रमन्त्रीमा नेपाली कांग्रेसका नेता डा. नारायण खड्का नियुक्त गरिएका छन् ।

    डा. खड्का परराष्ट्रमन्त्रीमा नियुक्त भएको जानकारी सहितको पत्र राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पठाइसकिएको प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले जानकारी दिएको छ ।

    प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले परराष्ट्रमन्त्रीमा डा. नारायण खड्कालाई नियुक्त गरिएको जानकारी राष्ट्रपतिलाई गराइसकिएको बताएका छन् ।

    राष्ट्रपति कार्यालयले शपथ ग्रहण हुने समय तोक्न बाँकी रहेको देउवाले जानकारी दिए ।

    शपथको समय निश्चित गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले खड्कालाई मन्त्री पदको शपथ गराउने तयारी छ । बुधबारै कार्यभार सम्हालेर मन्त्री खड्का संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क जाने कार्यक्रम रहेको छ ।

    सत्ता गठबन्धनका शीर्ष नेताको मंगलवार साँझ बसेको बैठकमा डा. खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गर्ने सहमति जुटेको हो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend