आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

कांग्रेसले सरकारमा ठूलो भाग पाउँदा रामचन्द्र पौडेलको टाउको दुख्यो ! मन्त्री नियुक्तिमा विरोध

कांग्रेसले सरकारमा ठूलो भाग पाउँदा रामचन्द्र पौडेलको टाउको दुख्यो ! मन्त्री नियुक्तिमा विरोध

  • मिडिया डबली
  • मंगलवार, आश्विन ५ २०७८

  • 4.9K
    SHARES

  • कांग्रेसले सरकारमा ठूलो भाग पाउँदा रामचन्द्र पौडेलको टाउको दुख्यो ! मन्त्री नियुक्तिमा विरोध

    काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारीनिवास बालुवाटारमा जारी सत्तारुढ गठबन्धनको बैठकमा नेपाली कांग्रेसको भागमा परराष्ट्र मन्त्रालय परेर डा. नारायण खड्कालाई नियुक्त गर्ने सहमति भएपछि वरिष्ठ नेता रामचन्द्र पौडेलको टाउको दुखेको छ ।

    पार्टीमा किचलो गर्दै आएका नेता पौडेलले अब सरकार गठन र मन्त्री नियुक्तिमा समेत निहुँ खोज्ने संकेत दिएका छन् ।

    डा. खड्कालाई परराष्ट्रमन्त्री बनाउने सहमति भएको खबर बाहिरिएसँगै नेता पौडेलले सञ्चारमाध्यममा प्रतिक्रिया दिँदै आफ्नो असहमति रहेको जनाएका छन् ।

    आफ्नो पक्षको सहमति विना एकलौटीरूपमा मन्त्री नियुक्त गरिएमा नमान्ने नेता पौडेलले प्रतिक्रिया दिएका छन् । गठबन्धनमा भएको सहमतिबारे छलफल गर्न भन्दै पौडेलले बुधबार बिहान ९ बजे गुटको भेला समेत बोलाएका छन् ।

    यसअघि गठबन्धनको बैठकमा परराष्ट्रमन्त्रीमा डा. नारायण खड्कालाई नियुक्त गर्ने सहमति भएको छ । देउवाले खड्कालाई नियुक्त गर्ने प्रस्ताव गरेपछि अरु नेताले सहमति जनाएका छन् ।

    परराष्ट्रमन्त्रीले संयुक्त राष्ट्रसंघको महासभामा भाग लिनुपर्ने तथा सार्क अध्यक्षका हैसियतमा नेपालले मन्त्रीस्तरीय बैठक समेत बोलाएकाले परराष्ट्रमन्त्री चाँडै नियुक्त गर्नुपर्नेमा बैठक एकमत भएको छ । मंगलबारको मन्त्रिपरिषद् बैठकले परराष्ट्रमन्त्रीको नेतृत्वमा संयुक्त राष्ट्रसंघको महासभामा नेपालको तर्फबाट प्रतिनिधिमण्डल पठाउने निर्णय गरेको छ ।

    परराष्ट्रमन्त्रीमा डा. खड्काको नाममा सहमति भएपछि भोलि बुधबार नै शपथ खुवाउने तयारी रहेको छ ।

    गठबन्धनको बैठकमा सञ्चार मन्त्रालय समेत कांग्रेसले नै पाउने लगभग सहमति भएको छ । सञ्चारमन्त्रीमा सरकारका प्रवक्ता तथा कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको नाम चर्चामा छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend