काठमाडौं – पहिरो प्रभावित क्षेत्रको अवलोकन गर्न गएका बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीलाई मुक्का हान्ने स्थानीय गणेश पंगेनीलाई प्रहरीले पक्राउ गरेको छ ।
नेकपा एमालेबाट निर्वाचित मेयर सुवेदीलाई मुक्का हान्ने पंगेनी पनि एमालेकै कार्यकर्ता हुन् ।
आज सोमवार गएको पहिरोको अवलोकन गर्न प्राविधिक सहितको टोली लिएर मेयर सुवेदी प्रभावित क्षेत्र पुगेका थिए । पहिरो आएको लामो समयसम्म पनि वास्ता नगरेको भन्दै स्थानीय आक्रोशित भइरहेका बेला मेयरमाथि आक्रमण भएको हो ।
घटनापछि एमालेले पंगेनीलाई पक्राउ गरी छानबिन गर्न माग गरेको थियो । सोमवार साँझ प्रहरीले बुटवलबाट पंगेनीलाई पक्राउ गरेको जनाइएको छ ।
पक्राउ परेका एमाले कार्यकर्ता पंगेनीलाई ईलाका प्रहरी कार्यालय बुटवलमा राखिएको डीएसपी मदन कुँवरले बताएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।