शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

प्रचण्डलाई ओली देखेर भयंकर जलन, यस्तो देखेपछि भए हैरान !

प्रचण्डलाई ओली देखेर भयंकर जलन, यस्तो देखेपछि भए हैरान !

  • मिडिया डबली
  • सोमवार, आश्विन ४ २०७८

  • 4.9K
    SHARES

  • प्रचण्डलाई ओली देखेर भयंकर जलन, यस्तो देखेपछि भए हैरान !

    काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली देखेर जलन हुने गरेको बताएका छन् ।

    सूर्यनाथ यादवको ३६औं स्मृति दिवसमा सोमबार आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले ओलीले अहिले नैतिकताको कुरा गर्दै हिँडेकोमा आश्चर्य व्यक्त गरे ।  

    उनले भने, ‘अहिले उनले नैतिकताको कुरा गर्ने ? मलाई त यति जलन भएको छ नि यस्ता मान्छे, पाखण्डी, डब्बल डिलर, ठगहरू चाहिँ अझै मान्छेलाई ताली पिटाउँदै हिँडिराखेका देखिन्छन् । यो ताली पिट्ने देखेर पनि हैरान हुन्छु म ।’

    प्रचण्डले एजेन्डा, क्रान्तिकारी विरासत र मुद्दाहरु माओवादीसँग मात्रै रहेको दाबी गरे । प्रचण्डले भने, ‘केपी ओलीले जनताको सार्वभौम प्रतिनिधि सभालाई निर्ममतापूर्वक विघटन गरेकै हो । अहिले पनि उनले भन्छन् – पार्टीभित्र मलाई काम गर्न दिएनन्, झगडा गरे त्यसो भएर विघटन गरेको । पार्टीभित्रको झगडाले जनताको प्रतिनिधिसभा विघटन गर्न पाइन्छ ? मनपरी आफू गर्ने, पार्टीभित्र बहुमत अर्कोतिर भएपछि उनले छोड्न पर्दैनथ्यो ?’

    अध्यक्ष प्रचण्डले जनताको साथ लिन आफूहरु अगाडि बढेको बताएका छन् । ‘गठबन्धन पनि बनायौं हामीले जित्यौं । तपाईं, हामी एक भएपछि कसैको केही लाग्दैन,’ उनले भने ।

    पार्टीका माथिका नेता बिग्रेको समेत उनले बताए । उनले अरुलाई आलोचना गर्नेभन्दा पनि आफू सच्चिएर अगाडि बढ्नुपर्ने बताएका छन् । 

    प्रचण्डले ओली श्री ५ जस्तै बन्न खोजेको पनि बताएका छन् । उनले भने, ‘ओली त्यस्ता मान्छे हुन् मलामी जाँदा पनि बाजा बजाउँदै नाच्दै हिँड्छन् । मान्छे दंग पर्छन् । बालुवाटारबाट बालकोट जाने भनेको हारेको, सन्नाटा भएर के गर्ने भनेर सोच्दै जानुपर्नेमा पञ्चेबाजा बजाएर, जिते जसरी गए । कति करोड खर्चेर मानिस बोलाएको थाहा पाएँ मैले, यस्तो नाटक गर्ने तिनी ?’ 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend