आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

दल विभाजन अध्यादेशले कांग्रेस फुट्छ ? देउवा चलाख - रामचन्द्र पौडेलको यस्तो जवाफ 

दल विभाजन अध्यादेशले कांग्रेस फुट्छ ? देउवा चलाख - रामचन्द्र पौडेलको यस्तो जवाफ 

  • मिडिया डबली
  • आइतवार, आश्विन ३ २०७८

  • 5.6K
    SHARES

  • दल विभाजन अध्यादेशले कांग्रेस फुट्छ ? देउवा चलाख - रामचन्द्र पौडेलको यस्तो जवाफ 

    काठमाडौं – राजनीतिक दल सम्बन्धी अध्यादेशअनुसार २०% केन्द्रीय सदस्य वा सांसद पुर्‍याएर दल विभाजन गर्न सकिने अवस्थाबाट सत्तारुढ दल नेपाली कांग्रेस पनि फुट्न सक्ने हल्ला फैलिएपछि वरिष्ठ नेता रामचन्द्र पौडेलले जवाफ दिएका छन् ।

    वरिष्ठ नेता पौडेलले राजनीतिक दलसम्बन्धी अध्यादेशका कारण कांग्रेस फुट्छ भन्ने भ्रम नपाल्न सबैमा आग्रह गरेका छन् । 

    नेपाली रेडियो नेटर्वकको ५औं वार्षिकोत्सव कार्यक्रममा नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले कांग्रेस नै फुट्नसक्ने संकेत गरेपछि कार्यक्रममै रहेका वरिष्ठ नेता पौडेलले जवाफ फर्काएका हुन् ।

    नेता पौडेलले भने, ‘साथीहरूलाई भ्रम परेको होला, राजनीतिक दल सम्बन्धी अध्यादेशले शेरबहादुरको पार्टी पनि फुट्न सक्छ भनेर । कांग्रेसको अर्को पक्ष भनेको म हो । मलाई पार्टी फुटाएर सभापति बन्नु, प्रधानमन्त्री बन्नुपर्ने कुनै हतारो छैन ।’

    कार्यक्रममा एमाले उपनेता नेम्वाङले प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर एमाले फुटाउन भूमिका खेलेको र अध्यादेश प्रधानमन्त्रीकै पार्टीका लागि प्रत्युत्पादक भए के हुन्छ भनेर प्रश्न गरेका छन् ।

    जवाफमा पौडेलले राजनीतिक दलसम्बन्धी अध्यादेशले कांग्रेसलाई कुनै असर नगर्ने स्पष्ट पारे । ‘मेरो सभापति चलाख हुनुहुन्छ, आफ्नै पार्टीमा असर गर्छ भनेर राजनीतिक दल सम्बन्धी अध्यादेश खारेज गराउनु पनि होला,’ उनले भने, ‘तर मलाई त्यस्तो हतारो छैन ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend