आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

ललितपुरमा कांग्रेसलाई चम्काउन सभापतिको दौडमा रहेका मीनकृष्ण महर्जनका यी १५ प्रतिबद्धता

ललितपुरमा कांग्रेसलाई चम्काउन सभापतिको दौडमा रहेका मीनकृष्ण महर्जनका यी १५ प्रतिबद्धता

  • मिडिया डबली
  • शुक्रवार, आश्विन १ २०७८

  • 9.6K
    SHARES

  • ललितपुरमा कांग्रेसलाई चम्काउन सभापतिको दौडमा रहेका मीनकृष्ण महर्जनका यी १५ प्रतिबद्धता

    काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसमा महाधिवेशनको चहलपहल सुरु भइसकेको छ ।

    अधिकांश जिल्लामा वडा अधिवेशन भइसकेर पालिका, प्रदेशसभा र प्रतिनिधिसभा क्षेत्रमा अधिवेशनको तयारी भइरहेको छ ।

    महाधिवेशनकै बीचमा राजधानी काठमाडौंभित्र पर्ने ललितपुर जिल्लामा कांग्रेसको जिल्ला सभापति बन्ने दौडमा प्रभावशाली युवा नेता मीनकृष्ण महर्जन पनि छन् ।

    नेता महर्जनले ललितपुरमा कांग्रेस पार्टीलाई चम्काउन १५ प्रतिबद्धता सार्वजनिक गरेका छन् ।

    यस्ता छन् महर्जनका प्रतिबद्धता –

    १) ललितपुर जिल्ला भित्रका ७१ वटै वडामा व्यवस्थित ढंगले पार्टीको कार्यालय सञ्चालनका लागि व्यवस्था गरिने छ ।

    २) पार्टी संगठन सुदुढीकरणका लागि प्रत्येक वडामा प्रशिक्षण कार्यक्रम आयोजना गरिने छ ।

    ३) आपतविपदमा परेका पार्टीका कार्यकर्ताहरूलाई सहयोगका लागि कोष स्थापना गरिने छ ।

    ४) पार्टीको तर्फबाट ललितपुर महानगरपालिका, गोदावरी नगरपालिका, महालक्ष्मी नगरपालिका, बागमती गाउँपालिका, कोन्ज्योसोम गाउँपालिका, महाँकाल गाउँपालिकामा निर्वाचित भएका जनप्रतिनिधिले निर्वाह गरेको भूमिकाबारे मूल्यांकन तथा छलफल गरिने छ ।

    ५) आगामी स्थानीय तह निर्वाचनमा प्रमुख, उपप्रमुखसहित ७१ वटै वडामा पार्टीका उम्मेदवारलाई अत्याधिक मतले विजयी गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने साथै प्रदेश र केन्द्र तहको निर्वाचनमा समेत महत्त्वपूर्ण भूमिका निर्वाह गरिने छ ।

    ६) नेपाली कांग्रेसको ललितपुर जिल्ला, क्षेत्र र वडा कार्यसमितिहरूलाई सूचना र प्रविधि मैत्री बनाइने छ ।

    242189290_315283173687081_6848104642197432711_n.jpg

    ७) अग्रजलाई उचित सम्मान गर्दै पार्टीको वडा, नगर, क्षेत्र, प्रदेशदेखि केन्द्र तहसम्म अग्रजलाई सम्मानका साथै युवा पुस्तालाई नेतृत्व तहमा पुर्‍याउनुपर्छ भन्ने मुद्दालाई पार्टीभित्र सशक्त ढंगले उठाइने छ ।

    ८) स्थानीय तह, प्रदेशसभा तथा प्रतिनिधी सभामा गुमेको यहाँहरूको साखलाई उचो पार्न महत्त्वपूर्ण भूमिका निर्वाह गरिने छ ।

    ९) वडा, नगर, जिल्ला, प्रदेश र केन्द्रबीच समन्वयकारी भूमिका निर्वाह गरिने छ ।

    १०) पार्टीको १४औं महाधिवेशनमा पूरापूर्वकालदेखि चलिआएको धर्म संस्कृति संरक्षणको एजेण्डालाई सशक्त ढंगले उजागर गरिने छ ।

    ११) पार्टी र लोकतन्त्र प्राप्तिका लागि महत्त्वपूर्ण योगदान पुर्‍याएका व्यक्तिहरूको तथ्यांक संकलन गरी सम्मान गरिने छ ।

    १२) पार्टीका नेता तथा कार्यकर्ताहरूलाई आयआर्जनको पाटोतर्फ जोडिँदै जानेछ ।

    १३) वडा, नगर, प्रदेश, क्षेत्र भित्रका वासिन्दालाई जतिसक्दो छिटो कोरोना खोपको व्यवस्थाका लागि पहल कदमी गर्ने । साथै पर्याप्त मात्रामा स्वास्थ्य सामग्री उपलब्ध गराउन पहल गरिने छ ।

    १४) कोरोना प्रभावित र दैवीप्रकोपबाट प्रभावित नगरवासीलाई राहतका लागि विशेष पहल गरिने छ ।

    १५) युवा लक्षित कार्यक्रम लागू गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराइने छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend