काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले गत भदौ २५ गते डडेलधुरामा गरिएको वडा अधिवेशनको विषयमा निर्वाचन समितिको ध्यानाकर्षण गराएको छ ।
नेता पौडेल पक्षले डडेल्धुरामा गरिएको वडा अधिवेशन अस्वीकार गर्ने निर्णय समेत गरेको छ ।
यद्यपि निर्वाचन समितिका सदस्यहरुले डडेधुरामा पुनः वडा अविधेशन गराउने सम्भावना नभएको बताएका छन् ।
पौडेल पक्षका नेताहरु बिहीवार पार्टी कार्यालय सानेपा गई निर्वाचन समितिका पदाधिकारीसँग भेट गरेका थिए । डडेल्धुराको वडा अविधेशनको घटनालाई गम्भीर रुपमा लिन र यस्तो रवैया अन्य जिल्लामा दोहोर्याउन नदिन पौडेल पक्षका नेताहरुले समितिका सदस्यसँग ध्यानाकर्षण गराएका छन् ।
निर्वाचन समितिका पदाधिकारीसँगको भेटपछि डडेल्धुरामा पुनः वडा अधिवेशन गराउनुभन्दा पनि यस घटनालाई गम्भीर रुपमा लिँदै यस्तो त्रुटि पुनः नदोहोर्याउन समितिलाई ध्यानाकर्षण गराएको पौडेल पक्षका नेताहरुले बताएका छन् ।
‘नेपाली कांग्रेस जस्तो लोकतान्त्रिक पार्टी सभापतिकै गृहजिल्लामा प्रहरी प्रशासन लगाएर वडा अधिवेशन गरिएको छ । पार्टी सभापतिज्यूले रामचन्द्र पौडेललाई फोन गरेर डडेल्धुरामा ३ दिन अधिवेशन रोक्न भनेको छु भन्नु भएको थियो,’ कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले भने, ‘पार्टी सभापति तथा प्रधानमन्त्री डडेल्धुरामा ३ दिन वडा अधिवेशन रोक्न भनेको छु भन्दा भन्दै वडा अविधेशन गरियो । कुन शक्तिले वडा अधिवेशन गरायो ? यसको जवाफ चाहियो ।’ आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।