शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

अबेर रातिसम्म मन्त्रालयको भागबण्डा नमिलेपछि गठबन्धनमा यस्तो उपाय !

अबेर रातिसम्म मन्त्रालयको भागबण्डा नमिलेपछि गठबन्धनमा यस्तो उपाय !

  • मिडिया डबली
  • शुक्रवार, आश्विन १ २०७८

  • 6.5K
    SHARES

  • अबेर रातिसम्म मन्त्रालयको भागबण्डा नमिलेपछि गठबन्धनमा यस्तो उपाय !

    काठमाडौं – मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा सत्तारुढ गठबन्धनभित्र ‘पावर शेयरिङ’ सकस देखिएको छ ।

    मन्त्रिपरिषद् विस्तार सहितका विषयमा छलफल गर्न भन्दै बिहीवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेतृत्वको बैठकमा कसले कति मन्त्रालय लिने भन्ने विषयमा सहमति जुट्न सकेन ।

    भागबण्डामा सहमति नजुटेपछि मन्त्रालयको संख्या कुन दलले के आधारमा कति लिने भन्ने विषय टुंगो लगाउने जिम्मेवारी गठबन्धन आवद्ध कार्यदललाई दिइएको छ ।

    ‘मन्त्रिपरिषद् विस्तारमा पावर शेयरिङ समस्या देखियो, माधव नेपालजीको दल र उपेन्द्र यादवजीको दलको आकांक्षा मन्त्रीको संख्यामा बढी देखिएको छ, सहमति गर्ने जिम्मा कार्यदललाई दिइयो,’ गठबन्धन आवद्ध दलका एक नेताले भने ।

    नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चा मिलेर बनेको सत्तारुढ गठबन्धनले कांग्रेस महामन्त्री पूणर्बहादुर खड्काको नेतृत्वको कार्यदल बनाएको थियो । सो कार्यदलमा सबै दलको सहभागिता रहेको छ ।

    कार्यदलका एक सदस्यका अनुसार बिहीवार राति अबेरसम्म मन्त्रालयको संख्यामा नै सहमति जुट्न सकेको छैन ।

    स्रोतका अनुसार माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले सबै पार्टीलाई मन्त्रालयको संख्या बराबर हुनुपर्ने माग गरेको छ । जसपा पनि सोही कित्तामा उभिएको छ । संविधानअनुसार सरकारमा २५ जनाभन्दा बढी मन्त्री राख्न पाइँदैन । हाल सरकारमा ४ फूल मन्त्री र १ राज्यमन्त्रीसहित ५ मन्त्री छन् । प्रधानमन्त्रीसहित हाल मन्त्रिपरिषद् ६ सदस्यीय रहेको छ ।

    नेकपा एस र जसपाको बराबर मन्त्री भागबण्डा गर्ने मागमा कांग्रेस र माओवादी केन्द्र सहमत भएका छैनन् । उनीहरुरुले दलीय हैसियतअनुसार संख्याको दाबी हुनुपर्ने बताउँदै आइरहेका छन् । नेताहरुका अनुसार संख्या नटुंगिएका कारण कुन मन्त्रालय कुन दलले लिने भन्ने अन्योल कायमै रहेको छ ।

    असार २९ गते प्रधानमन्त्री नियुक्त भएका देउवाले त्यही दिन बालकृष्ण खाँणलाई गृह, जनार्दन शर्मालाई अर्थ, ज्ञानेन्द्रबहादुर कार्कीलाई कानून र पम्फा भुसाललाई ऊर्जामन्त्री बनाएका थिए । साउन १० गते उमेश श्रेष्ठलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीको जिम्मेवारी दिएका प्रधानमन्त्रीले १७ मन्त्रालय आफैंसँग राखेका छन् । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend