काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा भएको वडा अधिवेशन अस्वीकार गर्ने निर्णय गरेको छ ।
आज सोमबार पार्टी कार्यालय सानेपामा बैठक गरेर पौडेल समूहले सभापति देउवाको गृहजिल्लाको वडा अधिवेशन अस्वीकार गर्न निर्णय गरेको छ ।
डडेल्धुरामा भदौ २५ गते गरिएको वडा अधिवेशन निष्पक्ष नभएको पौडेल पक्षको ठहर रहेको छ ।
तल्लो तहबाट सिफारिस भएका क्रियाशील सदस्य हटाउने र माथिबाट थप्ने काम आपत्तिजनक रहेको नेता पौडेलले बताएका छन् ।
कांग्रेसमा क्रियाशील सदस्यता विवादका कारण २० जिल्लामा वडा अधिवेशन अनिश्चित भएका छन् ।
देउवाको गृहजिल्लामा जिल्ला कार्यसमिति र वडा कार्यसमितिले बहिष्कार गरेको पौडेलले दाबी गरे । कांग्रेसको १४औं महाधिवेशन निष्पक्ष हुनेमा आशंका उब्जिएको समेत पौडेलले बताएका छन् ।
डडेल्धुरामा सबैलाई समेटेर फेरि वडा अधिवेशन गर्नुपर्नेमा पौडेल पक्षले जोड दिएको छ । भदौ २५ गते भएको वडा अधिवेशनलाई मान्यता नदिन कांग्रेसको निर्वाचन समितिसँग माग समेत गरेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।