काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले प्रतिस्थापन विधेयकबाट बजेट ल्याएपछि पहिलोपटक आज आईतबार दिउँसो प्रतिनिधिसभा बैठक बस्दैछ ।
शुक्रवार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधका बीच देउवा सरकारले प्रतिस्थापन विधेयक ल्याएको हो ।
संघीय संसद सचिवालयका अनुसार आईतवार दिउँसो १ बजेका लागि संसद बैठक बोलाइएको छ ।
पछिल्लो समय प्रमुख प्रतिपक्षी दल एमालेले संदन निरन्तर अवरोध गरिरहेको छ । तर शनिबार बसेको एमाले बैठकले मर्यादित भएर विरोध गर्न एमाले सांसदलाई निर्देशन दिएको छ । एमालेले आइतबारै संसदीय दलको बैठक समेत बोलाएको छ ।
सभामुख अग्निप्रसाद सापकोटाको भूमिकालाई लिएर प्रतिपक्षी दल एमालेले विरोध गर्दै आएको छ । एमाले फुटाउन सभामुखले भूमिका खेलेको आरोप एमालेको छ ।
एमालेले कारवाही गरेका १४ सांसदलाई कारवाही गरिएको सूचना सभामुख सापकोटाले प्रकाशित नगरेका कारण माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा एकीकृत समाजवादी (एस) गठन भएर दर्ता भइसकेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।