काठमाडौं – नेकपा एमाले पार्टी विभाजनपछि एकपछि अर्काे विद्रोह भइरहेको छ ।
पर्सा जिल्लामा एमाले परित्याग गर्दै बालगोपाल थापाको अध्यक्षतामा १७५ सदस्यीय नेकपा एकीकृत समाजवादी जिल्ला कमिटीको घोषणा गरिएको छ ।
आज शनिवार वीरगञ्जमा भएको पर्सा जिल्ला भेलाबाट अध्यक्षमा बालगोपाल थापा र सचिवमा बिक्रम चौरसियालाई चयन गरिएको छ ।
अध्यक्ष थापाको नेतृत्वमै यसअघि नेकपा एमाले पर्साको जिल्ला समानान्तर कमिटी गठन गरिएको थियो । जिल्ला भेलाबाट जिल्ला सचिवालय समेत चयन गरिएको नेकपा एसका जिल्ला सदस्य बृजलाल पासवानले बताएका छन् ।
जिल्ला सचिवालयमा अध्यक्ष बालगोपाल थापा, सचिव विक्रम चौरसिया तथा सदस्यहरुमा प्रभुनाथप्रसाद कुर्मी, वृजप्रसाद यादव, मनोज चौधरी, अरुण यादव, राघव साह, बृजलाल पासवन, मंजर आलम, राजेन्द्र चौधरी, योगकुमारी तामाङ, रविन्द्र कार्की, सत्यनारायण दास, भोला महतो, सुवेदार यादव, सन्तोष सिंह, गंगाधर महतो, पटवारी बैठा र मोहन यादव चयन भएका छन् ।
भेलामा पार्टी केन्द्रीय सदस्य नागेन्द्र चौधरी, रामचन्द्र साह, रामचन्द्र यादव लगायतको सहभागिता थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।