शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

नयाँ मन्त्री नियुक्त गर्न बालुवाटारमा गठबन्धनको बैठक, के छ तयारी ?

नयाँ मन्त्री नियुक्त गर्न बालुवाटारमा गठबन्धनको बैठक, के छ तयारी ?

  • मिडिया डबली
  • शुक्रवार, भाद्र २५ २०७८

  • 3.3K
    SHARES

  • नयाँ मन्त्री नियुक्त गर्न बालुवाटारमा गठबन्धनको बैठक, के छ तयारी ?

    काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा नयाँ मन्त्री नियुक्त गर्ने विषयमा छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक शुक्रबार बस्दैछ ।

    शुक्रवार बिहान ९ बजेका लागि बैठक तय भएको प्रधानमन्त्री देउवाको सचिवालयले जानकारी दिएको छ ।

    शुक्रबारको बैठकमा प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल लगायत गठबन्धनभित्र रहेका ५ दलका शीर्ष नेता सहभागी हुने भएका छन् ।

    गठबन्धनको बैठकमा मन्त्रिपरिषद्लाई पूर्णता दिने, संसद अधिवेशन निरन्तर चलाउने र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुन लागेको स्रोतले जनाएको छ ।

    बैठकमा मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताका विषयमा पनि छलफल हुने भएको छ ।

    यसअघि बिहीवार बालुवाटारमा भएको गठबन्धनको बैठक विनानिष्कर्ष टुंगिएको थियो । बैठकमा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव अनुपस्थित रहेकाले कुनै छलफल भएको थिएन ।

    एकैचरणमा सबै मन्त्री नियुक्त गर्न नसकिने भएकाले पहिलो चरणमा केही र दोस्रो चरणमा सबै मन्त्री नियुक्त गरिसक्ने समझदारी गठबन्धनका दलबीच भएको छ । त्यसैअनुसार छिट्टै केही मन्त्री नियुक्त हुनसक्ने स्रोतले जनाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend