शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

प्रधानमन्त्री देउवा ओलीसँग मिल्ने डरले प्रचण्डको छुट्टै ‘प्लान’ : ३ शीर्ष नेताबीच मन्थन

प्रधानमन्त्री देउवा ओलीसँग मिल्ने डरले प्रचण्डको छुट्टै ‘प्लान’ : ३ शीर्ष नेताबीच मन्थन

  • मिडिया डबली
  • बिहिवार, भाद्र २४ २०७८

  • 6.6K
    SHARES

  • प्रधानमन्त्री देउवा ओलीसँग मिल्ने डरले प्रचण्डको छुट्टै ‘प्लान’ : ३ शीर्ष नेताबीच मन्थन

    काठमाडौं - सत्तारुढ गठबन्धन दलमा एमसिसीले दरार उत्पन्न गर्ने संकेत देखिएको छ ।

    यसअघि सधैं गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटार वा सिंहदरबारमा हुने गरेको थियो । तर, सत्ता गठबन्धनको कांग्रेसलाई छाडेर तीन दलका नेताहरूले हात्तीवनमा भेटवार्ता भएको छ ।

    माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवबीच बिहीबार भेटवार्ता भएको हो ।

    सत्ता गठबन्धन भत्किँदैछ भन्ने चर्चा सुरु भएका बेला प्रचण्ड, माधव र उपेन्द्रबीच मात्र भेटवार्ता हुनुलाई अर्थपूर्ण मानिएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गठबन्धन भत्काउने प्रयास भइरहेको बुधबार अभिव्यक्ति दिएका थिए । 

    मन्त्रिपरिषद्‍ विस्तारमा भइरहेको ढिलाइ र अमेरिकी सहयोग परियोजना एमसिसी संसदबाट अनुमोदन गर्ने विषय निकै विवादमा परेको छ ।

    मन्त्रिपरिषद् विस्तारमा सत्ता गठबन्धनमा एकमत हुन सकेको छैन । मन्त्रालयको संख्याको टुंगो त लागेको छैन नै, कतिपय सन्दर्भमा प्रधानमन्त्री शेरबहादुर देउवा एकल रूपमा चल्न खोजेको गठबन्धन अरु नेताहरूको बुझाइ छ ।

    एमसिसी पास गर्न प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष केपी ओलीबीच एकता हुने डर प्रचण्ड, माधव र उपेन्द्रमा देखिएको स्रोतले बतायो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend