काठमाडौं – कोरोना भाइरस संक्रमणका कारण नेपाली कांग्रेसको घोषित महाधिवेशन रोक्न माग गर्दै दायर गरिएको रिटलाई सर्वोच्च अदालतले खारेज गरेको छ ।
सर्वोच्चले कोरोनापछि परिस्थिति सामान्य अवस्था फर्किएको भन्दै महाधिवेशन रोक्न नपर्ने ठहरसहित रिट खारेज गरेको छ ।
कांग्रेसका बाग्मती प्रदेश सांसद नरोत्तम वैद्यले सर्वोच्चमा रिट दायर गरेका हुन् । कोरोनाले परिस्थिति असहज बनेको समयलाई शून्य अवधि मानेर महाधिवेशन गर्नुपर्ने ५ वर्षे म्याद लम्ब्याउन उनले माग गरेका थिए ।
सर्वोच्चका न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले रिटलाई प्रथम दृष्टिमै खारेज गरिदिएका छन् ।
अनेक विवादका कारण पटक–पटक मिति सर्दै आएको नेपाली कांग्रेसको महाधिवेसन आगामी मंसिर ९–१३ गतेसम्म गर्ने तय भएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।