आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

प्रवक्ता विश्वप्रकाश शर्माद्वारा कांग्रेस महामन्त्रीमा उम्मेदवारी घोषणा

प्रवक्ता विश्वप्रकाश शर्माद्वारा कांग्रेस महामन्त्रीमा उम्मेदवारी घोषणा

  • मिडिया डबली
  • बिहिवार, भाद्र २४ २०७८

  • 7.1K
    SHARES

  • प्रवक्ता विश्वप्रकाश शर्माद्वारा कांग्रेस महामन्त्रीमा उम्मेदवारी घोषणा

    काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले १४औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

    बिहीवार सुन्दरीजलस्थित बीपी संग्रहालयमा पुगेर शर्माले महामन्त्री पदमा उम्मेदवार बन्ने घोषणा गरे ।

    नेपाली कांग्रेसका संस्थापक तथा जननिर्वाचित पहिलो प्रधानमन्त्री बीपी कोइरालाको १०८औं जन्मजयन्तीको अवसरमा शर्माले बीपीले लामो समय बन्दी जीवन बिताएको सुन्दरीजल पुगेर महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् । 

    यसअघि युवा नेता गगनकुमार थापाले महामन्त्रीमा उम्मेदवारी घोषणा गरिसकेका छन् ।

    प्रवक्ता शर्माले बीपीले कल्पना गरेको विकासको मोडल साकार गर्न आफ्नो उम्मेदवारी रहेको बताए ।

    शर्माले उम्मेदवार घोषणा गर्दै भने, ‘महामन्त्रीमा मेरो उम्मेदवारी कांग्रेसलाई लगातार १५ वर्षसम्म सरकारको नेतृत्व गराएर बीपीले कल्पना गरेको विकासको मोडल साकार गर्न हो । म महामन्त्री भएर त्यसको लागि लागिपर्नेछु ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend