काठमाडौं - गृहमन्त्री बालकृष्ण खाँणको अदूरदर्शी निर्णयका कारण यतिबेला नेपाली कांग्रेसमाथि चौतर्फी हमला सुरु भएको छ । नयाँ सरकार गठन हुँदासम्म कायम देखिएको कांग्रेसको लोकप्रियता गृह मन्त्रालयको एउटै विज्ञप्तिले सखाप बनाएको छ ।
तीन दिनअघि गृह मन्त्रालयले एमसिसीको विरोध नगर्न, मित्र राष्ट्रका सरकार प्रमुखहरूको पुत्लादहन नगर्न ठाडो निर्देशन दिएपछि कांग्रेस पनि वाक स्वतन्त्रता विरोधी भएको भन्दै चारैतिरबाट पार्टी र सरकारमाथि हमला सुरु भएको छ ।
मिडिया र सामाजिक सञ्जाल जताततैबाट आक्रमण हुँदा प्रधानमन्त्री शेरबहादुर देउवा रक्षात्मक अवस्थामा आइपुगेका छन् ।
कतिसम्म भने पाँचदलीय गठबन्धनकै दलहरू नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा कांग्रेस नेतृत्वको सरकारविरुद्ध सडकमा उत्रिएको छ । गृहमन्त्री खाँणको पुत्लादहन मात्र गरेका छैनन्, कांग्रेसको नेतृत्व र सिंगो संगठनमाथि विभिन्न लाञ्छनायुक्त गालीगलौज गरिरहेका छन् ।
सरकार र कांग्रेसमाथि सहयात्री दल र शुभेच्छुकहरूबाटै एकसाथ आक्रमण सुरु भएपछि अहिले गृह मन्त्रालयको नेतृत्व फेर्नुपर्ने आवाज कांग्रेसमै उठेको छ । खाँण प्रधानमन्त्री देउवाका विश्वासपात्र मानिन्छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।