काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा दायर गरिएको रिटको पेशी प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासमा परेको छ ।
नेपाली कांग्रेसको १४औं महाधिवेशनको प्रक्रिया गत शुक्रवार वडा अधिवेशन भएदेखि सुरू भएको छ ।
आगामी मंसिर ९–१३ गतेसम्म केन्द्रीय महाधिवेशन हुने भएपनि शुक्रवार वडा तहबाट अधिवेशन सुरू भएको छ ।
कांग्रेसका बाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले महाधिवेशन रोक्न माग गर्दै रिट दायर गरेका छन् ।
सांसद वैद्यले कोरोना महामारीका समयमा २५ जनाभन्दा बढी जम्मा हुन नहुने सरकारको निर्देशन विपरीत अधिवेशन हुन लागेकाले रोक्नुपर्ने माग गरेका हुन् । वैद्यले महामारीका बेला महाधिवेशन गर्दा लाखौंको स्वास्थ्य जोखिममा पर्ने जिकिर समेत गरेका छन् ।
अदालतले कोरोना महामारीलाई ध्यान दिएर मागदाबी अनुसार महाधिवेशन रोक्न आदेश दिनसक्ने रिट निवेदकले जनाएका छन् । महाधिवेशन सार्दै आएको कांग्रेस नेतृत्वलाई अदालतको आदेशले सहजता प्रदान गर्ने जनाइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।