काठमाडौं - केही दिनयता प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल एमालेसँग सम्बन्ध सुधारको अभियान बढाएका छन् ।
प्रधानमन्त्री बनेको डेढ महिनासम्म एमाले अध्यक्ष केपी ओलीसँग संवादहीनताको अवस्थामा रहेका देउवाले कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई भेट्न पठाएर सम्बन्ध सुधार गरेका हुन् ।
देउवाले ओलीसँग सम्बन्ध अघि बढाउन चाहनुको भित्री अर्थ भने अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) संसदबाट पारित गर्नु रहेको छ ।
एमसिसी पारित गर्न अमेरिकाको दबाब बढ्दै गएपछि प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी दल एमालेसँगको सम्बन्ध सुधारको प्रयत्न गरेका हुन् । सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसिसी पारित गर्न आनाकानी गरेपछि देउवाले ओलीको साथ लिन चाहेका हुन् ।
यदि प्रचण्डले सरकारलाई सहज ढंगले चल्न नदिए देउवाले एमालेसँगको सम्बन्ध र सहकार्यलाई अगाडि बढाउने मनस्थिति बनाइसकेको उनी निकट स्रोतले जनाएको छ ।
एमसिसी अड्काउन सभामुख अग्निप्रसाद सापकोटालाई प्रचण्डले परिचालन गर्नसक्ने आशंका देउवाले गरेका छन् । यदि कांग्रेस र एमालेबीच सहकार्य भएमा एमसिसी पारित गर्न कुनै कठिनाइ हुने छैन ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।