बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

कांग्रेस महाधिवेशनको मुखैमा पौडेल पक्षमा खुलेरै लागे गगन थापा

कांग्रेस महाधिवेशनको मुखैमा पौडेल पक्षमा खुलेरै लागे गगन थापा

  • मिडिया डबली
  • बिहिवार, भाद्र १७ २०७८

  • 5.3K
    SHARES

  • कांग्रेस महाधिवेशनको मुखैमा पौडेल पक्षमा खुलेरै लागे गगन थापा

    काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसका चर्चित युवा नेता गगनकुमार थापा पार्टी महाधिवेशनको मुखैमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षमा खुलेका छन् ।

    कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवार बन्ने घोषणा गरेका थापा बिहीबार नेता पौडेल पक्षले आयोजना गरेको पत्रकार सम्मेलनमा सहभागी भएर खुलेरै लागेका छन् ।

    नेता पौडेल पक्षले आगामी महाधिवेशनमा साझा उम्मेदवार उभ्याउने सार्वजनिक घोषणा समेत गरेको छ । तर साझा उम्मेदवार को भन्ने यकिन भइरहेको छैन । पौडेल पक्षमा पौडेलसहित महामन्त्री शशांक कोइराला, नेता शेखर कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंह लगायत सभापतिका आकांक्षी देखिएका छन् ।

    अघिल्लो महाधिवेशनमा नेता थापा पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला पक्षबाट महामन्त्रीको उम्मेदवार बनेका थिए तर त्यतिबेला उनी शशांक कोइरालासँग पराजित भएका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७११:३७:००
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend